१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुमलटारबाट फर्किएर लगत्तै बादललाई भेट्न पुगे प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोक पुगेका छन्। नेकपमा अध्यक्ष समेत रहेका ओली शनिबार विहाना खुमलटारस्थित प्रचण्ड निवासमा  उपाध्यक्ष वामदेव गौतम र अर्का अध्यक्ष पुष्पकमल दाहालसंग छलफल गरेका थिए । 

प्रधानमन्त्री ओली खुमलटारबाट फर्किएर लगत्तै गृहमन्त्री थापालाई भेट्न पुल्चोकस्थित मन्त्री निवास गएका हुन् । उक्त भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी छन्।

प्रधानमन्त्री ओली फर्किएपछि प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच खुमलटार केहीबेर कुराकानी भएको थियो । अहिले नेपाल-प्रचण्डबीच छलफल चलिरहेको छ।