१३ माघ २०८१, आईतवार
,
Latest
भुटानी शरणार्थी प्रकरणः बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश भारतले मनायो ७६ औँ गणतन्त्र दिवस–(फोटोफिचर) रविको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश, मुख्य भूमिका रहने होटलको सीसीटीभी फुटेज र बिल भर्पाई झिकाउन भन्दै विनिता कठायतले दिइन् निवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान गठबन्धन कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज होः सचिव विष्ट



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको बताउनुभएको छ ।

आईतवार प्रधानमन्त्री केपी शर्मा ओलीलेको पक्षमा समर्थन गर्दै सचिव विष्टले यस्तो बताउनुभएको हो । उहाँले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बारम्बार सत्ताका लागि काँध फेर्ने प्रवृत्तिका कारण नयाँ गठबन्धन बनेको बताउनु भयो । उहाँले एमाले र काँग्रेसले काँध थापिरहँदा पनि नरम काँध खोज्ने प्रवृत्तिले उपज नै नयाँ गठबन्धन भएको बताउनु भयो । सचिव विष्टले बाघको छालामा स्यालको रजाईं गर्ने कुराले कोल्टो फेरेको बताउनु भयो ।

उहाँले वर्तमान गठबन्धन कतिपयको लागि चार दिनको चाँदनी फेरि अँधेरी भएको हुनसक्ने समेत बताउनु भयो। उहाँले अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता स्थापित हुँदै गएको बताउनु भयो ।

उहाँले पूर्वप्रधानमन्त्री दाहालले सरकारबाट बाहिरिने बित्तिकै लोकतन्त्र खतरामा परेको भन्दै गरेको प्रचारमा कुनै तर्क नरहेको दाबी गर्नुभयो । उहाँले आफू सरकारमा हुँदा लोकतन्त्र जोगिने र आफू सत्ता बाहिर हुँदा लोकतन्त्र खतरामा पर्ने के लोकतन्त्र कुनै दलले निर्धारण गर्ने हो रु भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘रातमा वा दिनमा जुनसुकै बेला भएको सहमति भएपनि देशलाई अग्रमण र समस्या समाधान गर्छ भने रात र दिनको प्रश्न उठाएर वर्तमान गठबन्धनप्रति अविश्वास गर्नुपर्ने कुनै कारण छैन । यो गठबन्धन कहिले यो काँधमा कहिले त्यो काँधमा हुने,दुवै काँधले थामिरहेको छ । काँध थाप्दा थाप्दा थाकि रहनेहरुले काँध थापि रहँदा पनि यो काँध भन्दा त्यो काँध नरम छ की त्यो काँध भन्दा यो काँध नरम छ । नरम काँध खोज्दै खोज्दै काँध बदल्ने प्रवृत्तिको उपज हो । वर्तमान गठबन्धन । अरु केही भएको छैन । बाधको छालामा स्यालको रजाईं गर्ने कुराले कोल्टो फेरेको छ । त्यति मात्रै भएको छ । कतिपयको लागि चार दिनको चाँदनी फेरि अँधेरी भएको हुनसक्छ । देश ठिक ढङ्गले अघि बढेको छ ।’

उहाँले काँग्रेस–एमाले गठबन्धनले लुकेर संविधान संशोधन गर्न लागेको भन्दै गरेको प्रचारमा कुनै सत्यता नभएको दाबी गर्नुभयो । उहाँले संविधान संशोधन लुकेर नगरिने बताउनु भयो ।