२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा विद्यमान गरिवी हटाउने गरी आवश्यक कार्यक्रम तत्काल ल्याउँछौं: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विद्यमान गरिवी हटाउनका लागि सरकारले आवश्यक कार्यक्रम ल्याउने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रश्ताव प्रश्तुत गर्दै उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रिय योजना आयोगको नेतृत्वमा एउटा संयन्त्र बनाई सरकारले गरिवी हटाउनका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले सबै पालिकामा खाद्य भण्डारणको स्थापना गर्न स्थानीय तहसँग सरकारले तत्काल समन्वय र सहकार्यको कामलाई अघि बढाउने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सबै पालिकामा खाद्य भण्डारणको स्थापना गर्न स्थानीय तहसँग समन्वय र सहकार्य गर्नेछौं । यस बाहेक निरपेक्ष गरिवी चाँडोभन्दा चाँडो कसरी हटाउने भन्ने सम्बन्धमा योजना आयोगको नेतृत्वमा सम्बन्धित मन्त्रालयको एक संयन्त्र तयार पार्नेछौं । र, त्यसको सुझावको आधारमा कार्यक्रम तर्जुमा गर्नेछौं । सडकमा बालबालिकाको बेहाल हुन नदिन हामीले मन्त्रीपरिषदबाट हामीले निर्णय गरिसकेका छौ । जुनसुकै भुगोलमा जन्मिएको भएपनि बालबालिकालाई भोकै मर्न दिइन्न ।’

प्रधानमन्त्री ओलीले सडकमा बालबालिकाहरुलाई बेहाल हुन नदिनका लागि आफूले मन्त्रीपरिषद्को पहिलो बैठकबाट नै आवश्यक निर्णय गराएको स्मरण गराउनु भयो ।