• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै ★   कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि ★   संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी ★   अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास ! ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको केही स्थानमा भारी वर्षाको सम्भावना ★   भाषा शैली जगाउन आफ्नै भाषाको म्युजिक भिडियो ★   पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ सार्वजनिक ★   मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन ★   नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन ★   तिलिचोको बाइस घुम्ती काट्ता

चीनमा पुल खस्दा एघार जनाको मृत्यु , तीस बेपत्ता



एजेन्सी । उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ भने तीस जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ।

प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४० बजेको भिषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ ।

राजमार्गको पुल तल नदीमा खसेपछि “लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति” बेपत्ता भएको सिसिटिभीले बताएको छ ।

“हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो”, प्रसारणकर्ताले बताएको छ ।

राज्यको टिभीमा सार्वजनिक गरिएको तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखाइएको छ ।

उत्तरी र मध्य चीनमा मङ्गलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरबाट प्रभावित भएको छ ।

राज्य सञ्चालित सञ्चारमाध्यमले शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट कम्तिमा पाँच जनाको मृत्यु भएको र आठ जना बेपत्ता भएको जनाएको छ ।