२ आश्विन २०८१, बुधबार
,
Latest
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान सहकारीसम्बन्धी समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय संविधान कार्यान्वयन र जनअपेक्षा ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८१’ श्रेष्ठलाई प्रदान पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती सरकारको साझा कार्यक्रम तय,प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवालाई हस्तान्तरण [पूर्णपाठ] इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ सार्वजनिक



अ+ अ-

काठमाडौं । लेखक तथा पत्रकार सुधीर शर्माका दुई पुस्तक सार्वजनिक भएका छन् । नेपाल–चीनबारे इतिहासदेखि वर्तमानसम्मका राजनीतिक र सांस्कृतिक सम्बन्धका आयाम समेटिएका दुई पुस्तक सार्वजनिक गरिएको हो ।

इतिहासदेखि सन् २००८ सम्मको नेपाल र चीनबीचको सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धका आधारमा ‘भिक्षु, व्यापार र विद्रोह’ र नेपालमा गणतन्त्र स्थापनापछिको सम्बन्धका आयाममा ‘हिमालपारिको हुरी’ पुस्तक लेखका हुन् ।

दुवै पुस्तकको आइतबार काठमाडौंमा पन्चवीरसिंह तुलाधर र ज्योतिलक्ष्मी शाक्यले विमोचन गरे । तुलाधर र शाक्य तिब्बतमा बसेर नजिकबाट नियाल्ने व्यक्तिहरू हुन्, जोसँग शर्माले आफ्नो किताब लेखनका क्रममा कुराकानी समेत गरेका छन् ।

विगतमा नेपालको सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा भारत, दरबार र नेपालका राजनीतिक दलहरूको सम्बन्ध र त्यबेलाका राजनीतिक घटनाक्रममा केन्द्रित गरेर ‘प्रयोगशाला’ र ‘नेपाल नेक्सस’ पुस्तक लेखिसकेका शर्माले यसपटक चीन मामिलाको विषयमा पुस्तक ल्याएका हुन् ।

पुस्तकमाथि एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा, रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र पूर्वसभासद तथा चीन अध्येता लीला न्याँइच्याँइले विमर्श गरे ।

एमाले महासचिव पोखरेलले बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श सुरू गर्नुपर्ने उल्लेख गरे ।

कांग्रेस महामन्त्री गगन थापाले चीनले एकातिर नेपालका सबै दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति वाग्लेले दुवै पुस्तक तथ्यमा आधारित रोमाञ्जक उपन्यास जस्तो रोचक रहेको उल्लेख गर्दै इतिहासमा सबै ठीक थियो अहिले फरक छ भन्ने हिसाबले मात्र सम्बन्धहरूलाई बुझ्न नहुने बताए । उनले पुस्तकले एउटा लामो इतिहास र वर्तमानको चित्रण गरेको उल्लेख गर्दै उनले तिब्बतको महत्त्व घट्दै गए पनि तिब्तियन प्लेटको महत्व बढ्दै गएको कुरा पुस्तकले पनि उजागर गर्ने बताए ।

पूर्वसभासद् न्याइँच्याइँले हजारौं वर्ष पुरानो चीन भोट व्यापार र इतिहासकमा कसरी सफ्टपावरको प्रयोग हुन्थ्यो भन्ने पुस्तकमा खुलेको बताइन् । उनले सफ्टपावर के के हुन्छन् भन्ने तथ्य पुस्तकमा प्राप्त गर्न सकिने बताइन् ।

किताब पब्लिसर्सबाट प्रकाशित पुस्तकमा लेखक शर्माले चीन र तत्कालीन स्वायत्त राज्य तिब्बतसँगको सम्बन्धलाई हेर्न खोजेका छन् । दुईमध्ये पहिलो किताब (भिक्षु, व्यापार र विद्रोह) ले इतिहासलाई हेर्छ । सातौं शताब्दीदेखि सन् २००८ सम्मको अवधि त्यसमा छ । दोस्रो किताब (हिमालपारिको हुरी) मा सन् २००८ पछिको अवधि छ । त्यसयता कस्ता उचारचढाव आए, चीनको संलग्नता कस्तो रह्यो भनेर केलाउने प्रयास उनले गरेका छन् ।