७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नयाँ सरकारसँग मधेस प्रदेशवासी छैनन् सन्तुष्ट

नयाँ सरकारसँग मधेस प्रदेशवासी छैनन् सन्तुष्ट
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बनेसँगै नेकपा एमाले अध्यष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेबीच संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर सत्ता समीकरण बनेको छ । प्रधानमन्त्री ओलीले आईतवार (भोलि) विश्वासको मत लिँदै हुनुहुन्छ । तर दुई ठूला पार्टीबीचको सत्ता सहकार्यले कतै निरंकुशतालाई प्रश्रय गर्दैन भन्ने आम मानिसको आँकलन छ ।

निजी क्षेत्र, शिक्षक, कर्मचारीतन्त्र, कानूनकर्मीहरु नयाँ सरकारप्रति आशातित देखिन्छन् । नयाँ मन्त्रीहरुलाई भेट्न सिंहदरबार भरिभराउ छ । तर सत्ता समीकरणपछि पनि मधेस प्रदेशका आम नागरिकहरु भने सन्तुष्ट छैनन् । उनीहरु सत्ता सहकार्यका लागि मात्रै गठबन्धन बनेको भन्दै यस सरकारले नागरिकमा कुनै कुराको फरक नपार्ने बताउँछन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मधेस प्रदेशका अधिकांश नागरिकहरुले आफू जोगिनका लागि सरकार बनाएको जिकिर गरे ।

पेशाले वरिष्ठ अधिवक्ता रहनुभएका जनकपुरका किशोरी साह देशमा आएका नयाँ सत्ता समीकरणलाई हेर्दा आफू जोगिनका लागि दुई ठूला दल मिलेर सरकार बनाएको बताउनु हुन्छ । उहाँले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछोड्ने संकल्पका साथ देश विकासमा लागेको खण्डमा मात्रै सरकार देशका लागि लाभदायी बन्ने बताउनु भयो ।

नेपाल बौद्धिक प्रतिष्ठानमा कार्यरत विष्णु कुँवर राजनीतिक परिवर्तनले जनतामा कुनै उत्साह नआएको बताउनु हुन्छ । पछिल्ला कुनैपनि सरकार जनताको सरकार बन्न नसकेको बताउनु भयो । राजनीतिक दलको सरकार कुनैपनि व्यक्ति सरकामा गएर केही उपलब्धि नहुने बताउनु भयो ।

अर्का मधेस प्रदेशको धनुषाका नागरिक कुनैपनि सरकार स्वार्थका लागि मात्रै बन्ने गरेको भन्दै असन्तुष्टि जनाउनु भयो । अर्का नागरिक भने अहिलेको अवस्थामा राजीतिक परिवर्तन हुनुले केही अर्थ नराख्ने बताउनु भयो ।

उहाँले स्वास्थ्य, शिक्षा लगायतका आम नागरिकका समस्या समाधानका लागि राजनीतिक दलहरुको दृष्टिकोण नरहेको बताउनु भयो । त्यस्तै अर्का नागरिकले राजनीतिक व्यक्तिले आफूलाई स्वार्थ मिल्ने किसिमले मात्रै हेर्ने गरेको बताउनु भयो । देशका जनता के चाहन्छन् भन्ने कुरामा कुनैपनि राजनीतिक दलहरु गम्भीर नरहेको बताउनु भयो ।

उनीहरुले राजनीतिक अवस्थासँग सन्तुष्ट हुने ठाउँ नरहेको बताए । विपक्षी र पक्ष नै मिलेर सरकार बनाएपछि भ्रष्टाचार छोपिने बताए ।