• २१ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 6 2024
  •   Unicode
Logo

राजतन्त्र नै मुलुकको विकासको मुख्य बाधक होः डा. बाबुराम भट्टराई



काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष भट्टराईले जटिल भौगोलिक अवस्था र उत्पादनको साधनको कमीको कारणले पनि नेपाल विकासमा अझै पछि परेको जिकिर गर्नुभयो । उहाँले भारतसँग खुला सीमानाका कारण पनि नेपालको विकासमा अल्झन आउने गरेको बताउनु भयो । सुगौली सन्धि लगायतका भारतसँगको असमान सम्बन्धहरुलाई नसच्याएसम्म नेपालको विकास नहुने अध्यक्ष भट्टराईको निष्कर्ष थियो ।
उहाँले भन्नुभयो, नेपाल हिमाल, पहाड, तराई मधेसमा बाँढिएको भुगोल र आर्थिक, सामाजिक रुपमा पनि असाध्यै सानो परिमाणको उत्पादनका साधन आदिले गर्दा पछाडि परेको हो । र राजतन्त्रको नेतृत्वमा जुन पुरानो सत्ता रह्यो, त्यसले गर्दा विकासको बाधक बन्यो भन्ने आन्तरिक कुरा । र बाह्य रुपमा सुगौली सन्धिदेखि यता भारतको जुन सेपमा हामी पर्यौँ ।

म अन्धराष्ट्रवादी ढंगले कसैलाई गाली गर्ने पक्षमा छैन । तर के हो भने भारतको अर्थतन्त्र ठूलो छ । हाम्रो अर्थतन्त्र सानो छ । खुला सीमानाका कारण हामीले प्रतिष्पर्धा गर्न सक्दैनौं । त्यसले गर्दा भारतसँगको जुन हाम्रा असमान सम्बन्ध बन्यो । त्यसले गर्दा यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन भन्ने मेरो दुई वटा निष्कर्ष छन् ।’

अध्यक्ष भट्टराईले पुराना राजनीतिक नेतृत्वलाई सम्मान गर्दै मुलुकलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।