• ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
  •   Unicode
Logo
Latest
★   आर्सनलले टोटेनहमलाई हरायो ★   पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो ★   बालेन बैंगलोरमा, इन्द्रजात्रामा उपस्थित नहुने ★   काठमाडौं महानगरका प्रशासकीय अधिकृत प्रदीपको सरुवा, सरोजप्रसादलाई जिम्मेवारी सरुवा (सूचीसहित) ★   संसद्को वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस ★   मन्त्रिपरिषद्को बैठक: मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने ★   उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह ★   अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता ★   सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः अध्यक्ष प्रचण्ड ★   आप नेता केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने

सिंहदरबारमा तीन दलबिच छलफल: साझा एजेण्डा बनाउने समझदारी



काठमाडौँ । कांग्रेस–एमाले गठबन्धनको केपी ओली सरकार बनेसँगै प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साझा एजेण्डा बनाउने भएको छ ।

शुक्रबार माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रतिपक्षी दलहरुले साझा एजेण्डा बनाएर अघि बढ्ने छलफल भएको रास्वपाका सभापति रवि लामिछानेले जानकारी दिए ।

प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्नेबारेमा छलफल भएको जानकारी दिँदै उनले भने, ‘कसरी बलियो प्रतिपक्ष भएर बस्ने भन्नेबारे प्रतिपक्षलाई अलि बढी चुनौती छ, त्यसकारण जनजिविकाका सवालमा साझा एजेण्डाहरु के कस्ता हुने भन्ने सवालको छलफल भएको छ’।

यस्तै, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नयाँ सरकार गठन गर्दा संविधान मिचिएकोबारे सदनमा कुरा उठाउने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो। उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ। यो कुरा सदनमा पनि उठाउने र सरोकारवालाहरूसँग पनि सशक्त रूपमा लैजाने कुरा भएको छ। जनताको अपेक्षा भन्दा बाहिर गएर सत्तापक्ष निरङ्कुश बन्न सक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको छ। जनतामा आशङ्का छ, प्रतिपक्षबाट हामी सशक्त खबरदारी गर्छौँ।’

यस्तै, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले तीन दल कसरी मिलेर जाने भन्नेबारेमा बैठकमा सामान्य छलफल भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदैछन् ।