१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा विपद्जन्य क्षति बढी भयो: सांसद शेर्पा

विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा विपद्जन्य क्षति बढी भयो: सांसद शेर्पा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा नेपालले विपद्जन्य क्षति बढी व्यहोरिरहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद् व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउन नसकिएको बताउनु भयो । उहाँले देशले अहिले बाढी, पहिरो लगायतका विपद्जन्य घटना व्यहोरिरहेको बताउनु भयो । उहाँले बाढी, पहिरो लगायत विपद्मा परी साउन ३ गते दिउँसोसम्म १२५ जनाको मृत्यु भएको बताउनु भयो । उहाँले जसअन्तर्गत कोशीमा २२, मधेसमा ५, वागमतीमा २२, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ जना र सुदूरपश्चिममा २ जनाको मृत्यु भएको बताउनु भयो ।

उहाँले गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रकाअनुसार ५३ जना बेपत्ता रहेको बताउनु भयो । उहाँले चितवनको भरतपुर, २९ सिमलटारमा लेदोसहितको पहिरोले २ वटा बस बगाउँदा दुई वटा बसको यात्रुमध्ये साउन ३ गतेसम्म २० जनाको शव फेला परेको बताउनु भयो । प्रहरीकाअनुसार जारी मनसुन अवधिमा १८२ घर डुबानमा, २२२ घर क्षतिग्रस्त, ४३ पुल नष्ट, १ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको बताउनु भयो । उहाँले यस अवधिमा । ५८५ वटा पशु चौपाय मरेका र ३ हजार ७२१ परिवार बिस्थापित भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘देश अहिले अलिकति बाढी, पहिरो जोखिमयुक्त कारणले देशले क्षति व्यहोरिरहेको छ । बाढी, पहिरो लगायत विपद्मा परी साउन ३ गते दिउँसोसम्म १२५ जनाको मृत्यु भएको छ ।

कोशीमा २२, मधेसमा ५, वागमतीमा २२, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ जना र सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रकाअनुसार ५३ जना बेपत्ता छन्, चितवनको भरतपुर, २९ सिमलटारमा लेदोसहितको पहिरोले २ वटा बस बगाउँदा दुई वटा बसको यात्रुमध्ये साउन ३ गतेसम्म २० जनाको शव फेला परेको छ । प्रहरीकाअनुसार यो अवधिमा १८२ घर डुबानमा छन् । २२२ घर क्षतिग्रस्त भएको, ४३ पुल नष्ट भएको, १ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५८५ वटा पशु चौपाय मरेका छन्, ३ हजार ७२१ परिवार बिस्थापित भएको छ । हामीले ठूलो क्षति व्यहोरिसकेका छाँै । यो देशको लागि पनि ठूलो क्षति हो । विपद् व्यवस्थापनमा हामीले वैज्ञानिक प्रणालीबाट बस्ती बसाउन सकेनौँ । त्यसकारण पनि धेरै क्षति भयो । विकासका संरचनालाई पनि वैज्ञानिकरण गर्न सकेनाँै । विकासमा नाममा हामीले डोजर लगाएर जहाँ पायो त्यहीँ काम गर्‍यौँ । सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।’

सांसद शेर्पाले सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले पूर्वसूचना प्रणालीलाई विश्वासिलो बनाउन जरुरी रहेको बताउनु भयो ।