• ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
  •   Unicode
Logo
Latest
★   त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन, दुर्घटना शंकास्पद ★   जापानमा गर्मीको उच्च रेकर्ड कायम ★   सिरियाको नयाँ प्रधानमन्त्रीमा जलाली नियुक्त ★   फिल्मी शैलीमा अस्पतालको शौचालयबाटै भागे कैदी ★   सप्तरीमा माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, पूर्व–पश्चिम राजमार्गमा अवरोध ★   इन्द्रजात्रा प्रारम्भ: हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइयो -फोटो फिचर ★   भारतको खुद्रा मुद्रास्फीति ३.६५ प्रतिशत ★   इजिप्टमा रेल ठोक्किँदा ३ जनाको मृत्यु, ४९ घाइते ★   बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्योः अध्यक्ष दाहाल ★   इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा कांग्रेसनिकट सिडेनका बराल निर्वाचित

सुहाङ नेम्वाङ भन्छन्– विकास र समृद्धिको बाधक के हो ? को हो ?



काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विकास र समृद्धिको बाधक को हो भन्दै प्रश्न गरेका छन् ।

इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा निर्वाचित सांसद नेम्वाङले आफ्नै गाउँठाउँमा भएको विकास निर्माणको काम अलपत्र भएको देखेपछि प्रश्न गरेका हुन् ।

सामाजिक सञ्जालमा हिजो लामो स्टाटस लेख्दै उनले वर्षाको समयमा हिलाम्य हुने सडकको अवस्थामा कहिल्यै सुधार हुन नसकेको भन्दै दु:खेसो व्यक्त गरेका छन् । उनले भनेका छन्– ‘यसपाली यो सडकको दुर्दशा देखेपछि मेरो मनमा प्रश्न छ, ‘हाम्रो विकास–समृद्धिको सबैभन्दा ठूलो बाधक के हो, को हो ?’ सुशासन ?

सांसद नेम्वाङले के लेखेका छन् त ?

आजदिन भर माङसेबुङ्ग गाउँपालिकाका अध्यक्ष हेमन्त राईज्यूसँगै माङसेबुङ्गको विभिन्न ठाउँमा पुग्यौं । तस्बिरमा देखिएको दृश्य फाल्गुनन्द (दमक–चिसापानी) सडकको हो ।

यदि सम्झौता अनुसार निर्माण भएको भए दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर यो सडक आज कालोपत्रे भइसकेको हुन्थ्यो । पिच रोडमा पहाडबाट तरकारी बोकेर गाडीहरु तराई झरिरहेका हुन्थ्यो । तराईबाट सर–समान बोकेर पहाड उक्लिरहेका देखिन्थ्यो ।

इलामको दक्षिण–पश्चिमी क्षेत्रका मात्रै होइन पाँचथरका जनताको समृद्धिको सपनासँग जोडिएको २ फागुन २०७९ मा निर्माण भइसक्नु पर्ने थियो । तर, पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले निर्माण पुरा नगरेपछि ठेक्का तोडिएको छ । सडक निर्माण अलपत्र छ ।

यो सडक हुँदै दमकबाट पाँचथरको रवि पुग्न ४७ किलोमिटर छ । तर हाल प्रचलनमा रहेको मेची राजमार्ग हुँदै इलाम–राँके बजार पुग्दा १७८ किलोमिटरको दूरी पार गर्नु पर्ने बाध्यता छ ।

ल हिसाब गर्नुहोस् त १ ४७ किलोमिटर भएर तराई झरीपुग्ने पहाडको तरकारी १७८ किलोमिटर घुम्दा कस्तो हुन्छ रु तराईबाट ४७ किलोमिटरमा पहाड उक्लने दैनिक उपभोग्य सामग्रीहरु १७८ किलोमिटर घुम्दा कति महङ्गो हुन्छ ?

यही सडकको हिलाम्मे तस्बिर राखेर मलाई धेरैले सोध्नुहुन्छ, ‘फाल्गुनन्द किन कालोपत्रे भएन मान्यज्यू ?’

यो सडक हिलाम्ये बन्दा गाली सबै तहका जनप्रतिनिधिहरुले खाएका छौं । मेरो पनि एउटा प्रश्न छ, गालीको हकदार हामी मात्रै हौं त ?

यसपाली यो सडकको दुर्दशा देखेपछि मेरो मनमा प्रश्न छ, ‘हाम्रो विकास–समृद्धिको सबैभन्दा ठुलो बाधक के हो, को हो ?’

सुशासन ?