२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजार चलायमान बनाउने र सेयर कर्जा खुकुलो पार्ने तयारी



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । बजार चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकको छ ।

अर्थतन्त्रमा चलायमान हुन नसकिरहेको अवस्थामा बजार चलायमान बनाउने मौद्रिक नीतिको मस्यौदा तयार भइसकेको छ । गभर्नर महाप्रसाद अधिकारीले आज राष्ट्र बैंक बोर्ड बैठकसमेत डाकेका छन् । बिहान ८ बजे डाकिएको सञ्चालक समिति बैठकमा मौद्रिक नीति र अन्य एजेन्डाका बारेमा छलफल हुने छ । बिहानको छलफल नसकिए दिउँसो पुन: छलफल गरी साँझसम्म सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।

मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउनेमा नै केन्द्रित रहेको स्रोतले दाबी गरेको छ । मौद्रिक नीतिलाई बाँधेर राखेको नियामकीय नीतिमा आवश्यक परिमार्जन गर्नेमा मौद्रिक नीति लक्षित रहेको बताइएको छ ।

ब्याजदर घटेको र बजारमा अधिक तरलता भएकाले राष्ट्र बैंकले तरलता खिच्ने ठूलो लागत खर्च गर्नुपर्ने अवस्था छ । रिकभरी दबाबमा रहेका बैंकहरूको कर्जा विस्तार पनि नहुँदा मुनाफाको दबाबमा छन् । यस्तोमा अहिले बजार चलायमान बनाउने नीति नै चाहिने माग हुँदै आएको छ ।

राष्ट्र बैंकले बैंकहरूको सम्पत्तिको वर्गीकरणसम्बन्धी व्यवस्थामा समेत परिमार्जन हुनसक्ने बताइएको छ ।

अहिले भाखा ननाघेको वा १ महिनासम्म भाखा नाघेको कर्जालाई असल, १ देखि ३ महिना भाखा नाघेको कर्जालाई सूक्ष्म निगरानी, त्यसभन्दा माथि भाखा नाघेको कर्जालाई निष्क्रिय वर्गमा वर्गीकरण हुन्छ । निष्क्रिय कर्जामा पनि ३ देखि ६ महिनासम्म भाखा नाघेको कर्जा कमसल, ६ देखि १ वर्ष भाखा नाघेको कर्जा शंकास्पद र १ वर्षभन्दा माथि भाखा नाघेको कर्जा खराब वर्गमा वर्गीकरण हुन्छ । यसरी वर्गीकरण भएको कर्जामा ऋणीले बक्यौता रकम भुक्तानी गरे पनि उक्त रकम भुक्तानीपछि लगातार ६ महिना किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्रै त्यस्तो कर्जालाई असल वर्गमा वर्गीकरण गरी प्रोभिजन राइटब्याक गर्न पाइने व्यवस्था छ । यसले अहिले चुनौतीपूर्ण अवस्था र बैंकहरूको बिग्रिएको वित्तीय विवरणमा बक्यौता उठेको कर्जामा समेत प्रोभिजन राइटब्याक गर्न नपाउँदा समस्या भएको भन्दै त्यसमा पुनरावलोकन गर्न बैंकरले माग गर्दै आएका छन् । त्यसमा समेत सकारात्मक छलफल भएको बताइएको छ ।

बैंकहरूको बजारमा कर्जा प्रवाह गर्नसक्ने अवस्था सिर्जना गर्न आवश्यकता अनुसार केही कर्जाको जोखिम भारमा समेत पुनरावलोकन गर्ने केन्द्रीय बैंकको तयारी छ । ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत रहेको जोखिम भार घटाउने, ट्रस्ट रिसिप्ट लगायतका आयात कर्जाको जोखिम भार घटाएको अवस्थामा पनि कर्जा लगानीका लागि केही आधार बन्नसक्ने बैंकर्स बताउँछन् ।

यसैगरीसेयर धितो कर्जाको व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडको सीमामा पुरावलोकन हुने सम्भावना छ ।

माइक्रोफाइनान्समा लाभांश वितरण गर्न पाउने सीमा १५ प्रतिशत रहेकोमा त्यसमा परिमार्जनको सम्भावना रहेको पनि बताइन्छ ।