१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहानै दर्ता भएको थियो प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले प्रधानमन्त्री केपि शर्मा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । 

आईतबार विहान  भीम रावल र पम्फा भुसाललगायतले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । यसअघि राष्ट्रपतिसमक्ष विशेष अधिवेशन आह्वान गर्दै दर्ता गराउन खोजेकोमा नमान्दा उक्त प्रस्तावलाई अविश्वासमा रुपान्तरण गरिएको दाहाल-नेपाल समूहको दाबी छ । 

अविश्वासको प्रस्तावमा केही मन्त्रीहरूले पनि नाम लेखाएका छन् । अविश्वासको प्रस्तावमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका ९० भन्दा बढी सांसद रहेका बताइएको छ ।