• २९ भाद्र २०८१, शनिबार
  •      Sat Sep 14 2024
  •   Unicode
Logo
Latest
★   सहकारी छानविन समितिसँग प्रधानमन्त्रीको आग्रहः अनुहार होइन, व्यवहार हेरेर निस्कर्ष निकाल्नुस् ★   पाल्पाले पर्यटनलाई पर्याय बनाउनु पर्छ: अध्यक्ष ढकाल ★   राष्ट्रपति पौडेलद्वारा सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र हस्तान्तरण ★   साउथह्याम्प्टनमाथि म्यान्चेस्टर युनाइटेडको सहज जित ★   नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री ★   ‘स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ’ ★   ‘नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ’ ★   राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित ★   गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु ★   यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छ : प्रधानमन्त्री ओली

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ: उपप्रधानमन्त्री पौडेल



काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताउनुभएको छ ।


बिहीवार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचिमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गर्नुभयो ।

उहाँले अहिले देश साँच्चै नै अफ्ठ्यारो स्थितिमा रहेको बताउनु भयो । उहाँले अहिलेको देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको बताउनु भयो । उहाँले मुख्य दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउन नहुने तर्कका बीचमा पनि अहिले दुई ठूला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने, प्रधानमन्त्रीको सूचिमा तीन पटक फोटो टाँसेको हुनाले चौथो पटक फोटो टाँस्न जाने, हाम्रो अहिलेको सम्माननीय प्रधानमन्त्रीजी चौथो चोटी फोटो टाँसेर भूतपूर्व प्रधानमन्त्री बन्न आइरहनुभएको होइन । अहिले हामीले के महशुस गरेका छौँ भने देश साँच्चै अफ्ठ्यारो स्थितिमा छ । यो स्थितिको सामना कसरी गर्ने रु हेरेर बस्ने की समाधानका लागि अघि बढ्ने भन्दा हामी अघि बढ्ने सोचेर आयौँ । तर्क छन् नि मुख्य ठूला पार्टी मिलेर सरकार बनाउनु हुँदैन, त्यसो गर्दा प्रतिपक्ष कमजोर हुन्छ, सरकार स्वेच्छाचारी हुन्छ, लोकतन्त्र कमजोर हुन्छ, निरंकुशता बढ्छ आदि । हामी मेजर पार्टीहरु बेलाबेलामा मिलेका छौँ र बेला बेलामा प्रतिष्पर्धा गरेका छौँ । सँगै सरकार र सरकार र प्रतिपक्ष भएर बसेका छौँ । अहिले परिस्थितिले के माग गरेको छ भने मेजर पार्टी नमिले टुटेको मनोबल उठाउनै गाह्रो हुन्छ भनेर मिलेका छौँ ।’

उहाँले अहिलेको स्थितिलाई मध्यनजर गरी नेपाली काँग्रेस र नेकपा एमाले मिलेको पनि बताउनु भयो ।