१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न मन्त्री गुरुङ्गको निर्देशन



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले विज्ञापन बजारको विस्तार गरी राजश्व बृद्दि गर्नु पर्ने बताउनु भएको छ । आज विज्ञापन बोर्डका गतिविधिको बारेमा जानकारी लिदै मन्त्री गुरुङ्गले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिनु भएको हो ।

उहाँले ३० अर्वको विज्ञापन बजारमा १३ अर्व मात्र कारोवार हुनु र वाह्य विज्ञापनबाट स्थानीय तहमा उठ्नु पर्ने २० अर्वमा २ अर्वमात्र राजश्व संकलन हुने परम्पराको अन्त्यको लागि संघीय सरकार, प्रदेश र स्थानीय तहले साझा प्रयास गर्नु पर्ने बताउनु भयो । विज्ञापन बजारको विकास र विस्तारकालागि कार्ययोजना तयार गर्न समेत मन्त्री गुरुङ्गले बोर्डलाई निर्देशन दिनु भयो ।

विज्ञापन बजारको बारेमा जानकारी गराउदै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन (नियमन गर्ने) नियमावलीको पहिलो संशोधनबाट विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण हुने बताउनु भयो । उहाँले सञ्चार माध्यमको विलको प्रतिलिपि राखेरमात्र विज्ञापनको रकम भुक्तानी गर्न पाउने ब्यवस्था कानूनमा गरिएको जानकारी गराउनु भयो । विज्ञापन एजेन्सीको सेवा शुल्क पारदर्शी बनाउन यस्तो ब्यवस्था गरीएको बोर्डका अध्यक्ष हुमागाईंले बताउनु भयो ।

वाह्य विज्ञापन (होर्डिंङ्ग बोर्ड) तर्फ राजश्व संकलन स्थानीय तहवाटै गराउन कानूनको निर्माण भई रहेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय तहसंग बोर्डले समन्वय गरिरहेको अध्यक्ष हुमागाईले जानकारी गराउनु भयो ।

सामाजिक सञ्‍जालमा हुने विज्ञापनको नियमनको लागि कानूनको मस्यौदा तयार गरिएको जानकारी गराउँदै अध्यक्ष हुमागाईंले त्यसकालागि विज्ञापन (नियमन गर्ने) ऐनमै संशोधन आवश्यक भएको बताउनु भयो । चलचित्र घर, नाट्यशाला, मेला महोत्सवमा हुने विज्ञापनको नियमन स्थानीय तहबाटै गर्ने गरी कानून निर्माण भईरहेको जानकारी गराउँदै अध्यक्ष हुमागाईले निकट भविश्यमै प्रदेशहरुले प्रदेश निर्देशिका र स्थानीय तहले स्थानीय कानून निर्माण गरी तीनै तहका सरकारवाट विज्ञापनको नियमनको कार्य थालनि हुने जानकारी मन्त्री गुरुङ्गलाई गराउनु भयो ।

२०७८ सालमा गठन भएको विज्ञापन बोर्डले संघ, प्रदेश तथा स्थानीय तहमा हुने विज्ञापनको नियमनका लागि काम गरी गरिरहेको छ । २०७९ साल विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण आचारसंहिता निर्माण गरी कार्यान्वयनमा ल्याएको छ भने स्थानीय तहका सार्वजनिक हित तथा जनहितका सूचनालाई स्थानीय सञ्‍चार माध्यमबाटै प्रकाशन तथा प्रसारणको ब्यवस्था मिलाउने तयारी गरीरहेको त्यस अवसरमा जानकारी गराईएको थियो ।