१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बडाल महान्यायाधिवक्ता नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।

बिज्ञप्तिमा भनिएको छ – सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सविधानको धारा १५७को उपधारा (२) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा काठमाडौ महानगरपालीका वड ानं ७ चाबहिल निवासी बरिष्ठ अधिवक्ता रमेश बडाललाई नेपालको महान्यायधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त हुनु भएको थियो । तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिनुभएको थियो ।

बडाल नेपाली कांग्रेससँगको सत्ता गठबन्धन निर्माण गर्न सक्रिय रहनु भएको थियो ।