२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालत जनकपुरमा आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट



अ+ अ-

जनकपुरधाम । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट गरेको छ ।

मंगलवार उच्च अदालत जनकपुरले पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०८०/०८१ मा ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएकोमा ७१ प्रतिशत बढी मुद्दा फर्छ्यौट गरेको जानकारी दिइएको हो ।

तोकेको लक्ष्यअनुसार उच्च अदालत जनकपुरले १६४।५७ प्रतिशतले बढी मुद्दाको फर्छ्यौट गरेको हो । उच्च अदालतलाई ३ हजार ७ सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकोमा लक्ष्य भन्दा १ हजार ५ सय ३७ मुद्दा बढी फर्छ्यौट भएको उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ९ सय ७६ मुद्दा सरि आएक र ४ हजार ४ सय २१ नयाँ मुद्दा दर्ता भई कुल ७ हजार ३ सय ९७ कुल मुद्दामध्ये ५ हजार २ सय ६३ मुद्दा फर्छ्यौट भएको उहाँले बताउनु भयो ।

उच्च अदालतमा पुराना तथा नयाँ गरी २ हजार १ सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । उच्च अदालत जनकपुरधाममा आर्थिक वर्ष २०८०/०८१ मा मुद्दाको फर्छ्यौट देशका अन्य उच्च अदालत भन्दा बढी रहेको अनुमान गरिएको छ । उच्च अदालत जनकपुरधामलाई भ्रष्टाचारमा शुन्य सहनशीलताका साथ न्याय सम्पादनको काम भएको मुख्य न्यायाधीश पौडेलले बताउनु भयो ।