२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो



अ+ अ-

जलेश्वर । साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । जिल्लामा साउन लागेदेखि रु सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, औरही, बलवा, मनरा, पिपरा, भ्रमरपुरालगायत बजार क्षेत्रबाट दुई दिनमा रु सात लाखको चुराको व्यापार भएको उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिनुभयो । यसअघिका वर्षमा पनि साउनमा मात्रै रु ३० लाख बढीको चुरापोतेको व्यापार हुने गरेको उहाँले बताउनुभयो ।

सदरमुकाम जलेश्वरमा लाग्ने गरको चुरापोते बजार, शृङ्गार पसल तथा लहेरी (चुरा बेच्ने) महिलाले गाउँगाउँ गएर बेच्ने स्थानमा चुरापोते किन्ने महिला, किशोरी, युवतीहरुको घुइँचो लाग्ने गरेको जलेश्वर–२ का शृङ्गारको व्यापारी राम महतोले बताउनुभयो । जिल्लाका अधिकांश हाटबजारमा हरियो, पहेँलो, रातो चुरा तथा पोते किन्ने महिलाको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।

विवाहित महिलाले अनिवार्य रुपमा हरियो चुरा र पोते लागने परम्पराले गर्दा साउनमा अन्य समयको तुलनामा बढी व्यापार हुने गरेको जलेश्वर–२ का शृङ्गार व्यापारी मुस्ताक अन्सारीले बताउनुभयो । “जिल्लामा यसअघिका साउनमा चुरापोतेको व्यापारबाट रु ३० लाखसम्म आम्दानी हुन्थ्यो । यस वर्ष दुई दिनको व्यापारको अवस्थाले आम्दानी बढी हुने अनुमान गरेका छौँ”, वाणिज्य सङ्घका महासचिव चौधरीले भन्नुभयो ।

जलेश्वर बजारमा दैनिक चुराको बेच्दै आउनुभएकी मुस्ताक लहेरीले दुई दिनमा रु १० हजारभन्दा बढी आम्दानी भएको बताउनुभयो । गत वर्ष महिनाभरि रु एक लाख आम्दानी भएको जनाउँदै यो वर्षको साउनमा तुलनात्मक रुपमा बिक्री बढेकाले आम्दानी पनि बढी हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।

गौशाला बजारकी बेचनी खातुनले दुई दिनमा रु १५ हजार, बलबा बजारकी फुलगेन लहेरी र औरही बजारकी दुखनी खातुनले समान रु २० हजार, मनराकी हरीया लहेरनीले रु १५ हजारको चुरापोते व्यापार भएको बताएका छन् । साउन लागेसँगै जिल्लाका प्रत्येक गाउँ तथा सहरका चुरा पसलमा हरियो चुरा र पोते लगाउने महिलाको घुइँचो लाग्ने गरेको छ । रासस