• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   संसदीय समितिमा प्रस्तावित राजदूतहरुका बहुलट्ठी कार्ययोजना ★   लगानी बोर्डमा सुशील नियुक्त, धराहरा असोज ३ गतेदेखि खुल्ने ★   पहिराेले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध ★   नेकपा एमालेको सचिवालय बैठक आज बस्दै ★   क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या ★   सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती ★   कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी ★   आज सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने ★   संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने ★   कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भनेपछि मेटमणीलाई ३ दिने स्पष्टीकरण

मनसुनी विपदमा चौबिस घण्टामा सात जनाको मृत्यु



काठमाडौँ । मनसुनी विपद्मा परेर गएको चौबिस घण्टामा सात जनाको मृत्यु भएको छ । मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ । गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो ।

उक्त अवधिमा एक सय ३५ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २० जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा २९ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा एक सय ३५ जना घाइते भएको कार्कीले बताउनुभयो ।

बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कूल पाँच सय ८१ वटा पशुचौपायको मृत्यु भएको छ ।

उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ५२ घर परिवार विस्थापित भएका छन् । साथै बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएको धनमाल निकालेर सुरक्षा गर्ने र सडकमा भएका अवरोध हटाइएको प्रहरीले जनाएको छ ।