१ असार २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई अनुशासनको कारबाहीबारे सिफारिस गरेको जानकारी



अ+ अ-

काठमाडौं । निर्वाचन आयोग प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाहीको सिफारिस गरेको जानकारी गराएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको आयोगले जानकारी गराएको हो। 

नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयोगको कार्यालय पुगेर अनुशासनको कारबाही सिफारिस गरेकोबारे जानकारी गराएका हुन्। मंगलबार बस्ने केन्द्रीय समितिमा कारबाहीको सिफारिसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हैसियत उपाध्यक्ष बराबरको भएकाले उनको नेतृत्वमा हुने भेला र बैठकले आफूलाई कारबाही गर्न नसक्ने बताएका छन्।