• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै रविले भने – हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् ।

पूर्वगुहमन्त्री समेत रहेका लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदै भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनुका साथै सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – नवनियुक्त प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यु सहित सम्पुर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना। हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढंगले प्रस्तुत हुनेछौं भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौं।