२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल ?



अ+ अ-

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पाँचौँ पटक यो जिम्मेवारीमा फर्किनुभएको छ । यसअघि उहाँ विसं २०७९ पुष ११ देखि फागुन १५ सम्म तथा २०७८ साल जेठ १ देखि २०७८ असार २९ सम्म उपप्रधान तथा अर्थमन्त्री बन्नुभएको थियो । त्यसैगरी विसं २०७७ र २०७२ सालमा पनि उहाँ अर्थमन्त्री बन्नुभएको थियो । पौडेल विसं २०६७ मा रक्षामन्त्री र विसं २०६५ मा जलस्रोत मन्त्री तथा विसं २०५३ मा युवा खेलकूद तथा संस्कृति मन्त्री बन्नुभएको थियो ।

पौडेल विसं २०७९ र विसं २०७४ को आमनिर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । त्यस्तै विसं २०५६ र विसं २०५१ को संसदीय निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यका रुपमा विजयी हुनुभएको थियो । त्यसैगरी विसं २०७० र विसं २०६४ को संविधान सभा सदस्य निर्वाचनमा उहाँ रुपन्देही जिल्लाको क्षेत्र नं ४ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

वसं २०१६ मङ्सिर १५ मा स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका वडा नं १० राङ्खोलामा जन्मिनुभएका पौडेल हाल ललितपुर महानगरपालिका वडा नं २५, सैँवु बस्नुहुन्छ । हाल नेकपा एमालेका उपाध्यक्ष पौडेल सो पदमा २०७८ मङ्सिर १०–१४ मा चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनुभएको हो । यसअघि उहाँ पार्टीको वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय सदस्य, सचिव, उपमहासचिव, महासचिव हुँदै उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरणपश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीद्वारा उहाँ महासचिवमा निर्वाचित हुनुभएको थियो ।

विसं २०३४ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी– लेनिनवादी) सँग सम्पर्कमा आइ त्यसको इलाका पार्टी सक्रिय दलमा संगठित भएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका पौडेलले २०३५ असोज ७ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी¬–लेनिनवादी) को सदस्यता प्राप्त गर्नुभएको थियो ।
उहाँ २०३५ माघदेखि रुपन्देही जिल्ला अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माले)को ईलाका कमिटी सदस्य भएर काम गर्नुभएको थियो । उहाँ २०४७ माघदेखि २०४९ माघसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाकाली अञ्चल इन्चार्ज र २०४९ देखि २०७३ सम्म विभिन्न समयमा करिब १० बर्ष लुम्बिनी अञ्चल इञ्चार्ज हुनुभयो ।

त्यसैगरी २०५१ माघदेखि विभिन्न समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको सदस्य, सचिव र ६ कार्यकाल प्रमुख हुनुभयो । त्यस्तै २०५३ मा एमालेको उद्योग व्यवसाय विभागको प्रमुख, २०५५ असारमा स्थानीय निकाय विभागको प्रमुख र २०६६ असारमा संविधानसभा संसदीय विभागको प्रमुख भएर काम गनुभयो । त्यसपछि उहाँ २०५६ मा एमाले केन्द्रीय कार्यालय सचिव, २०६१ साउन र २०६९ असारदेखि केन्द्रीय सचिवालय सचिव र विभिन्न समयमा केन्द्रीय सचिवालय सदस्य रहेर काम गर्नुभयो । त्यसपछि २०७३ असोज ११ देखि एमाले प्रदेश नं ५ को संगठन कमिटीको संयोजक हुनुभयो ।

उहाँले राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलन २०६२/६३ मा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै निरंकुश राजतन्त्र र पञ्चायती ब्यवस्था विरोधी संयुक्त जनआन्दोलन २०४६/४७ मा नेपाल कम्युनिष्ट पार्टी (माले)को तर्फबाट नवलपरासी जिल्लामा मुख्य नेतृत्वकर्ताको भूमिका निर्वाह गर्नुभयो । यसअघि उहाँ पटक पटक जेल जीवन भोग्नुभयो भने पार्टीका कामले भारतमा प्रवासनमा रहेर समेत काम गर्नुभएको थियो । रासस