• ३२ श्रावण २०८१, शुक्रबार
  •      Fri Aug 16 2024
  •   Unicode
Logo
Latest
★   गठ्ठाघर दुर्घटनाको छानबिन गर्न कमिटी गठन ★   अमेरिकी उपबिदेशमन्त्रीको नेपाल भ्रमण: सेनालाई २ वटा हेलिकप्टर दिने ★   गगन थापा भन्छन्ः सञ्चार माध्याममा बोल्दा पनि डर लाग्छ ★   भोटेकोशी बाढी: खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो ★   किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   डिजिटल बैंकिङ कारोबारलाई ऐनमार्फत व्यवस्थित गर्न सांसदहरुको जोड ★   कन्सल्टेन्सीहरुको नाममा विदेश पठाउने काम गर्नेहरुको अनुसन्धान भइरहेको छ: मन्त्री भण्डारी ★   जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता ★   कोलकाता बलात्कार–हत्या प्रकरण, पूर्व प्रधानाध्यापक सीबीआई हिरासतमा ★   मेलम्ची खानेपानी भरपर्दो छैन, ‘रेन वाटर होर्भेटिङ’ शुरु गरौं: ईश्वर पोखरेल

‘म एक शुभचिन्तकको नाताले मुकुलजीको परिवारलाई उहाँको राम्रो हेरचाह गर्न अनुरोध गर्दछु’



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्री तथा प्रवक्ताबाट बर्खास्तमा परेका डा. मुकुल ढकालमाथि भिक्टिम कार्ड खेलेको आरोप लगाएका छन् ।

पार्टीबाट कारबाहीमा समेत परेका ढकालका योजनाहरू सारा विफल भएपछि उनले भिक्टिम कार्ड खेलेको झाले गम्भीर ओरोप लगाएका हुन् ।

‘स्पष्ट रूपमा अरूबाट परिचालित देखिनेगरि रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दैछन् ।’ झाले सामाजिक सञ्जालमा भनेका छन् ।

यस्तै, स्वर्णिम वाग्लेले आफूलाई कुट्न आँटे भनेर गलत प्रचारवाजी गरेको प्रवक्ता झाले आरोप समेत लगाएका छन् ।

‘अब मलाई कुट्न आँटे भनेर हल्ला मच्चाउदैछन्, स्वर्णिम वाग्ले जस्तो शालीन व्यक्तिले त्यस्तो गर्नु होला भन्ने कुरा मान्छेले पत्याउलान् भन्ने अवस्थामा मुकुल जी पुगेछन् ।’ झाले लेखेका छन् । ‘म एक शुभचिन्तकको नाताले मुकुलजीको परिवारलाई उहाँको राम्रो हेरचाह गर्न अनुरोध गर्दछु ।’