१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली निकट केन्द्रीय समितिको बैठकबाट ११ सय ९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति गठन



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्नुभएको छ । 

मंगलबार बालुवाटारमा आफु पक्षिय केन्द्रीय समिति सदस्यहरुको भेला गर्दै प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गर्नुभएको हो । नेकपाको हाल कायम रहेको ४ सय ४७ केन्द्रीय समिति सदस्यमा  ५ सय ४७ सदस्य थप  गर्नुभएको छ भने बाँकी १ सय ९६ सदस्य पछि थपिने व्यवस्था समेत बैठकले गरेको छ । ओली पक्षले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

मनोनीत महाधिवेशन आयोजक समिति सदस्यहरुलाई अध्यक्ष ओलीले मंगलबार नै सपथ ग्रहणसमेत गराउनुभएको छ । पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन प्रस्ताव राष्ट्रपति समक्ष लगेसँगै अध्यक्ष ओलीको अनुपस्थितिमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समुहको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अध्यक्ष पदबाट कारबाही गर्ने सिफारिस केन्द्रीय समिती बैठकमा लैजाने निर्णय गरेको थियो । उक्त समुहको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो बस्नु अगावै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिती सदस्य संख्या थप गर्दै महाधिवेशन आयोजक समिति गठन गर्नुभएको हो । महाधिवेशन आयोजक समिति सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले पुरानो केन्द्रीय समितिले एकीकरणको काम पुरा गर्न नसकेको, गतिशिल, एकताबद्ध र संगठित बनाउन नसकेको कारण पार्टीलाई असफल हुनबाट बचाउन सदस्य संख्या बढाइएको बताउनुभयो ।

अध्यक्ष ओलीले हाल कायम रहेको केन्द्रीय समितीले राष्ट्रिय राजनीतिमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘पुरानो केन्द्रीय कमिटीले राष्ट्रिय राजनीति र पार्टी भित्र समेत बाह्य घुसपैठ र हस्तक्षेप रोक्न समेत असफल भए । राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता। भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा  गर्न सकेन । यसर्थ त्यो अभिभारा पुरा गर्न थप गर्नुपरेको हो ।’

अध्यक्ष ओलीले प्रचण्ड­–नेपाल समूहले सरकारलाई असफ बनाउन प्रयास गरिरहेको र महाअभियोग लगाउने तथा अविश्वास प्रस्ताव राख्ने गतिविधि गरिरहेको ले पार्टीले गति लिन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘अब त उहाँहरु महाअभियोग लगाउने, अविश्वास प्रस्ताव राख्ने, केन्द्रीय कमिटीबाट अध्यक्ष निकाल्ने, अरु नेताहरु निकाल्ने यो बाटोतिर पो खेति गरिाख्नु भएको छ । पार्टी एकीकरण टुङ्ग्याउने एकीकरणको बाटोबाट अगाडी बढाउने होइन् । एकीकरणको बाटोबाट पार्टी अगाडि बढ्ने होइन् । बरु उहाँहरु भत्काउने कसैलाई निष्काशन गर्ने, कसैलाई कारबाही गर्ने, कुदेर राष्ट्रपतिकहाँ पुग्ने, कुदेर सभामुखकहाँ पुग्ने, कुदेर कहाँ पुग्ने यहि प्रकारको खेति गर्नुभएको छ । 

त्यसकारण हामीले निश्चित समयभित्र लगभग ११ महिना भित्र महाधिवेसन गरिसक्ने छौं । हामीले चुनावमा पनि जानुछ अब हामी चुनावको तयारीमा जुटछौं चुनावमा जान्छौं । अर्को चुनाव पछि अरु कामहरु बढी व्यवस्थित गर्ने मातहतका कमिटीहरुलाई पुनरगठन गर्ने यावत कामहरु गर्नुपर्ने अवस्था छ । यी सबै कम गरेर हामी चुनावका लागि तयारी गर्छौं । चुनावमा हामीले कम्तिमा ५० लाख लकेपृय भोट ल्याउनु पर्नेछ ।’