११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बिघटन भएको हो, नेकपा बिघटन भएको छैन : प्रवक्ता ज्ञावली



अ+ अ-

काठमाडौ । नेकपाका नवनियुक्त प्रवक्ता प्रदिप ज्ञावलीले प्रतिनिधिसभा बिघटन भएको तर नेकपा बिघटन नभएको बताउनु भएको छ । वालुवाटारमा बसेको केन्द्रिय समितको बैठकपछि संञ्चारकर्मीहरु कुरा गर्दै प्रबक्ता ज्ञावलीले नयाँ थप गरिएका केन्द्रिय सदस्यको बिवरण निर्वाचन आयोगका पठाईएको जानकारी दिनुभयो । 

उहाले भन्नुभयो हाल नेकपामा महाधिबेशन बाट निर्बाचित भएको निकाय छैन हिजो जुन बाटोबाट स्थायी समिति वा केन्द्रीय समितमा सदस्यहरु थप भयो, आज पनि त्यही बाटो बाट थप भएको हो ।  

बैठकले गरेका निर्णयको माईन्यूट निर्बाचन आयोगमा पठाईने र त्यसले बैधानीकता पाउने भन्दै उहाँले बिहिबार १ बजे सम्माका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।  अध्यक्ष महासचिब र माईन्युट नभएको बैठकले बैधानिकता नपाउने भन्दै ज्ञाबलीले भन्नुभयो केहीसाथीहरु बैठकमा आउनु भएन कतै छलफलमा जुटुनु होला तर त्यसले बैधानिकता पाउदैन ।  

प्रवक्ता ज्ञावलीले एक प्रयोजनका लागी संकलन गरिएको हस्ताक्षर अर्को प्रयोजनमा प्रयोग गरेर दुरुपयोग भएको भन्दै सरकार बिरुद्धको यो खालको हर्कत गर्नुपर्ने अबस्था थियो र भन्दै उहाँले प्रश्न गर्नुभयो । प्रवक्ता ज्ञावलीले सबै पक्ष अब निर्बाचनको तयारीमा लाग्नु पर्ने बताउनु भयो ।