५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरले बालकुमारीमा रहेको अनधिकृत घरटहरा भत्कायो



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाले बालकुमारीमा रहेको अनधिकृत संरचना हटाएको छ ।

आइतबार ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा पुगेको टोलीले बागमती नदी किनारमा रहेका ९ वटा घरटहरा हटाएको हो ।

उनीहरु बागमती नदी छेउमा विगत २५ वर्षदेखि अनधिकृतरूपमा संरचना बनाएर बस्दै आएका हाछेथुले बताए । महानगरले यसअघि तीन दिनको समय दिएर सो क्षेत्र खाली गराउन पत्राचार गरेको थियो । समयसीमासम्म नि संरचना नहटाएपछि महानगरले एक्सन लिएको हो ।

पछिल्लोसमय महानगरले अनधिकृत संरचना हटाउदै आईरहेको छ ।