६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाइना निर्माण कम्पनीसँगको समन्वयमा पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी



अ+ अ-

सिरहा: लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ । ट्राफिक प्रहरी कार्यालयले सडक डिभिजन कार्यालय र चाइना रेल्वे कम्पनीसँगको समन्वयमा खाल्डाखुल्डी पुर्न थालेको हो ।

ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर पुरी सम्भावित दुर्घटना रोक्न सडक न्यूनीकरणका लागि शुक्रबारदेखि चोहर्वा—सिरहा खण्डबाट खाल्डाखुल्डी पुर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँले आज पनि उक्त कार्यलाई निरन्तरता दिएको बताउनुभयो ।

सडकमा परेका खाल्डाखुल्डीले सवारी आवागमनमा समस्या भएकाले खाल्डाखुल्डी पुर्ने र सडकमा छरिएका गिट्टी, बालुवासमेत हटाउने काम गरेको उहाँको भनाइ छ । “लगातारको वर्षापछि सडकमा ठूला खाल्डाखुल्डी परेका छन्, यसले सवारी आवागमनमा समस्या भएको छ”, ट्राफिक प्रमुख पुरीले भन्नुभयो, “सडक डिभिजन र निर्माण कम्मनी चाइना रेल वे कम्पनीसँग समन्वय गरी ग्राभेल हाल्ने र जोखियुक्त ठाउँमा भएका बालुवा तथा गिट्टी हटाउने काम भइरहेको छ ।”

चाइना रेल्वे कम्पनीले पूर्वपश्चिम राजमार्ग स्तरोन्नति र विस्तारको काम गरिरहेको छ ।रासस