२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनी हिँडे भानुभक्त यो युगको रामायण लेख्न !



अ+ अ-

यो जन्ममा भानु एक दिन विहानै उठे
चुँदी रम्घा, वरपर घुम्दै हेरे
अहँ कतै भेटिएनन् ती घाँसी बुढा
लाग्यो साएद अब कुवा खन्न पुग्यो होला
फेरि हेरे न गाईबस्तु चराउने गोठाला थिए
न कुनै बटुवा भेटिए,

पानी समेत बोतलमा वेचेको देखे र ठाने
अब कुवा खन्ने र चौतारो चिन्ने दिन होईन रहेछ।।
गाउँघर वरपर केहि खोजे जस्तै हिँडी रहे भानु
दिनभर भौतारिदा पनि केहि निसानी नभेटिए पछि
लाग्यो सायद साँझ सम्ममा केहि त मिल्ला कि?
जसै साँझ पर्यो, आफ्नै गाउँ अलकापुरी जस्तै लाग्यो
मन अलिकती पुलकित पार्दै भानु हिंडे फेरि घर-घर चियाउँदै
पुरै अमरावती घुमे,

अहँ कतै छनक सम्म मिलेन
कसैले रामको कथा न लेघ्रो तान्दै पढ्यो
न कसैले हात जोडेर भक्ति भावमा सुनेको भेटियो ।।
तर देखे हरेक हजुरबा-आमा र नानीहरू
हातमा अनौठा यन्त्रहरू संग एकहोरो रमाईरहेका
लाग्यो यो युगको रामायण यीनै यन्त्रमा हुनुपर्छ
रामका आदर्श र सिताका मर्यादाहरू
लक्ष्मण र हनुमानका भक्ति कथाहरू
सात समुद्र पारी पुग्नेहरुले
आफ्ना बा-आमा र छोराछोरिहरूलाई
सुनाई रहेका थिए र उता
सुन्दै थिए आफैले छोडेका कान्तिपुरीका कथाहरू ।।

यी सबै दृष्यमा सादृष्य बनेपछि
एकक्षण निकै अलमलमा परे भानु,
न त घाँसी भेटे, न गुण केशरी सिउरीने चपलाहरू
तर, जब सम्झिए आफैले उल्था गरेको रामको कथा
अनी देखे वनवास गएका राम जस्तै
परदेश गएका रामहरूका जीवन कथा
अनी त चमत्कार भयो क्षणभर मै,
पुरै रामायण सचित्र हुन गयो,

यो जुनीमा घरमा एक्लै छोडिएका सिताहरुका कथा
र युग सँगै तड्पिएका दशरथ र कौशिल्याका कथा
सञ्जीवनी खोज्दै भौतारीएका हनुमानहरूको कथा
सम्झिए लक्ष्मण, सुपनखा, जाम्बबान, बाली, शुग्रिब
ओहो, सबै-सबै वरपर घुम्न थाले सजीव अनी सचित्र
देखे आफ्नै वरिपरी राबणहरूको अहंकार
विभिषणहरूका भेदी चरित्र
कतै गुमनामीमा हराई रहेका भरतहरू
बाबु भएर पनि वेसहारा बनेका लब-कुशहरु
कुटी, आश्रम, विद्यालय, महाविद्यालय पुगे भानु
तर अहँ कतै देखिएनन् वाल्मिकीहरु ।।

धेरै समयको अलमल पछि, मसक्क आँटेर मनले
जुरुक्क उठे भानु र मन-मनमा गुने,
अवता अती देर हुन गयो हेर भानु
नराखी कृती कसोरी अब फर्कि जानु ।।

के आउनन् र फेरी वाल्मिकि रामायण लेख्न यहाँ
आफै नलेखी कृति यो युगको के बन्ला र नयाँ ।।
भनी हिंडेका भानुभक्त कवि, चुँदी रम्घाबाट साईत गरी
घुम्दै नेपालीकन भेट्न भनी, पुग्लान कि तिम्रा छेउ कुनै घरी ।।

धन बहादुर व़ली, नेपाली घर, सुकुम्भित ७१, बैङ्कक, २०८१ असार २९