१७ माघ २०८१, बिहीबार
,
Latest
मन्त्रिहरुले रिबन काट्ने र संसदमा कानून निर्माण गर्नेमा कुन महत्वपूर्ण बुझ्नुपर्छः सभामुख घिमिरे (अन्तरवार्ता) सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय, आवश्यक परे सडक संघर्ष गर्ने अमेरिकामा उडिरहेको विमान र हेलिकोप्टर आपसमा ठोक्किए पिएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँः डा विष्ट शितलहर र चिसोले प्रभावित जनकपुरवासीको जनजीवन, उडान ठप्प संसद् बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना अदालतको आदेशपछि अमेरिकी अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित पूर्वराजा ज्ञानेन्द्र शाह गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनी हिँडे भानुभक्त यो युगको रामायण लेख्न !



अ+ अ-

यो जन्ममा भानु एक दिन विहानै उठे
चुँदी रम्घा, वरपर घुम्दै हेरे
अहँ कतै भेटिएनन् ती घाँसी बुढा
लाग्यो साएद अब कुवा खन्न पुग्यो होला
फेरि हेरे न गाईबस्तु चराउने गोठाला थिए
न कुनै बटुवा भेटिए,

पानी समेत बोतलमा वेचेको देखे र ठाने
अब कुवा खन्ने र चौतारो चिन्ने दिन होईन रहेछ।।
गाउँघर वरपर केहि खोजे जस्तै हिँडी रहे भानु
दिनभर भौतारिदा पनि केहि निसानी नभेटिए पछि
लाग्यो सायद साँझ सम्ममा केहि त मिल्ला कि?
जसै साँझ पर्यो, आफ्नै गाउँ अलकापुरी जस्तै लाग्यो
मन अलिकती पुलकित पार्दै भानु हिंडे फेरि घर-घर चियाउँदै
पुरै अमरावती घुमे,

अहँ कतै छनक सम्म मिलेन
कसैले रामको कथा न लेघ्रो तान्दै पढ्यो
न कसैले हात जोडेर भक्ति भावमा सुनेको भेटियो ।।
तर देखे हरेक हजुरबा-आमा र नानीहरू
हातमा अनौठा यन्त्रहरू संग एकहोरो रमाईरहेका
लाग्यो यो युगको रामायण यीनै यन्त्रमा हुनुपर्छ
रामका आदर्श र सिताका मर्यादाहरू
लक्ष्मण र हनुमानका भक्ति कथाहरू
सात समुद्र पारी पुग्नेहरुले
आफ्ना बा-आमा र छोराछोरिहरूलाई
सुनाई रहेका थिए र उता
सुन्दै थिए आफैले छोडेका कान्तिपुरीका कथाहरू ।।

यी सबै दृष्यमा सादृष्य बनेपछि
एकक्षण निकै अलमलमा परे भानु,
न त घाँसी भेटे, न गुण केशरी सिउरीने चपलाहरू
तर, जब सम्झिए आफैले उल्था गरेको रामको कथा
अनी देखे वनवास गएका राम जस्तै
परदेश गएका रामहरूका जीवन कथा
अनी त चमत्कार भयो क्षणभर मै,
पुरै रामायण सचित्र हुन गयो,

यो जुनीमा घरमा एक्लै छोडिएका सिताहरुका कथा
र युग सँगै तड्पिएका दशरथ र कौशिल्याका कथा
सञ्जीवनी खोज्दै भौतारीएका हनुमानहरूको कथा
सम्झिए लक्ष्मण, सुपनखा, जाम्बबान, बाली, शुग्रिब
ओहो, सबै-सबै वरपर घुम्न थाले सजीव अनी सचित्र
देखे आफ्नै वरिपरी राबणहरूको अहंकार
विभिषणहरूका भेदी चरित्र
कतै गुमनामीमा हराई रहेका भरतहरू
बाबु भएर पनि वेसहारा बनेका लब-कुशहरु
कुटी, आश्रम, विद्यालय, महाविद्यालय पुगे भानु
तर अहँ कतै देखिएनन् वाल्मिकीहरु ।।

धेरै समयको अलमल पछि, मसक्क आँटेर मनले
जुरुक्क उठे भानु र मन-मनमा गुने,
अवता अती देर हुन गयो हेर भानु
नराखी कृती कसोरी अब फर्कि जानु ।।

के आउनन् र फेरी वाल्मिकि रामायण लेख्न यहाँ
आफै नलेखी कृति यो युगको के बन्ला र नयाँ ।।
भनी हिंडेका भानुभक्त कवि, चुँदी रम्घाबाट साईत गरी
घुम्दै नेपालीकन भेट्न भनी, पुग्लान कि तिम्रा छेउ कुनै घरी ।।

धन बहादुर व़ली, नेपाली घर, सुकुम्भित ७१, बैङ्कक, २०८१ असार २९