• २१ श्रावण २०८१, सोमबार
  •      Mon Aug 5 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री ओलीसँग सभापति देउवासहित कांग्रेस सांसदको हवाई सुरक्षाबारे छलफल ★   मुख्यमन्त्री शाहको शपथ: कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम ★   प्राविधिक टोली लिएर अर्थमन्त्रीसहित काठमाडौं–निजगढ फाष्ट ट्रयाक निरीक्षणमा प्रधानमन्त्री ओली ★   ‘नमेटिने घाउ’ को पोस्टरमा प्रधानमन्त्री ओली फिचर्ड ★   जसपा नेपालद्वारा केन्द्रीय समिति बैठक आह्वान ★   धादिङको गजुरीमा गुडिरहेको माइक्रोमाथि रुख ढल्यो ★   आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार ★   श्रीलंकाले ३ वर्षपछि भारतलाई एकदिवसीयमा हरायो ★   ‘फेरिल’ उपन्यास सार्वजनिक ★   कास्कीमा छ सय ४९ नयाँ उद्योग थपिए

भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित



भरतपुर (चितवन): भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई स्थगित गरिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ । उहाँले आज दिनभर खोजतलास गर्दा बस फेला पार्न नसकिएको बताउनुभयो ।

“नदीमा पानीको प्रवाह घटेको छैन । रात परेकाले जोखिम हुने भयो, घटनास्थलबाट तीन/चार किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन”, उहाँले भन्नुभयो । उहाँले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताउनुभयो ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताउनुभयो ।

उहाँका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।रासस