१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मुलुकलाई निकास दिन काँग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौ: अब्दुल खान

मुलुकलाई निकास दिन काँग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौ: अब्दुल खान
अ अ+ अ-

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताउनुभएको छ ।

सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिनेगरी शल्यक्रिया गर्न नसक्ने भएकाले दुई ठूला दलको सहकार्य गरेर अघि बढने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पार्नुभयो । शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राख्नुभएको विश्वासको मतको विपक्षमा बोल्दै उहाँले दुई ठूला दल काँग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले केही समयअघि नै गर्नुभएको अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरुले नयाँ सत्ता समिकरणलाई स्वागत गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपकरण छैन भने डाक्टर केही गर्न सक्दैन । त्यसकारण यो सरकारले केही गरेको छैन भन्ने होइन । प्राथमिकता उपचार गरेको छ । अव चाहिएको छ शल्यक्रिया गर्न । देशको आवश्यक्ता शल्यक्रिया गर्नसक्ने खालको डाक्टर हो । यसको निम्ति हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डाक्टर सिके राउत जीले यही रोष्टमबाट ३, ४ महिना अगाडि भन्नु भएको थियो–ठूला दलहरु मिल्नुस, यदि देशको उन्नति हुन्छ, समृद्धि आउँछ भने भनेर भन्नु भएको थियो । देशमा रोजगारी आउँछ भने तपाईहरु मिल्नुस् । मिलेर देशलाई निकास दिनुस । वास्तवमा आज त्यही समय आएकाले हुनाले हाम्रो पार्टीको निर्णय हाम्रो पार्टीले गरेको निर्णय सम्माननीय प्रधानमन्त्रीज्यूले राख्नु भएको प्रस्तावको विपक्षमा मत दिने म घोषणा गर्दछु । ’

सांसद खानले नेपाली जनताले चाहे अनुसारको काम वर्तमान सरकार गर्न नसकेको पनि बताउनु भयो ।