२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य



अ+ अ-

काठमाडौं । सरकारले काठमाडौँ बाहिरिने र भित्रने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ । शुक्रबार गृह मन्त्रालयमा बसेको यातायात व्यवसायीका प्रतिनिधिहरूसँगाको छलफलमा उक्त निर्णय गरेको हो ।

यस्तै, गृह मन्त्रालयले ‘रेड जोन’ मा रात्रिकालीन बस सेवा सञ्चालन नगर्ने निर्णय पनि गरेको छ । मौसम पूर्वानुमान महाशाखाको ३ दिनको मौसम पूर्वानुमानलाई हेरेर भारी वर्षा हुने क्षेत्र अर्थात् रेड जोन एरियामा रात्रिकालीन बस नचलाउने निर्णय भएको गृहसचिव एकनारायण अर्यालले जानकारी दिए ।

त्यसैगरी, पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिन्ह राख्ने निर्णय भएको गृहसचिव अर्यालले बताए ।

यातायात व्यवसायी एवं यात्रु चालकले सडक अवरुद्ध भएका स्थानको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावैका सुरक्षित एवं खाद्यान, शौचालय लगायतको व्यवस्था भएका स्थानमै रोकी सडक खुल्ने प्रतीक्षा गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।