२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैपटक बाइस हजार ब्रोइलर कुखुरा मरे



अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा करिब २२ हजार ब्रोइलर कुखुरा मरेका छन् । अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज बिहान अचानक मरेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले शङ्कर टण्डनको फार्ममा रहेका ६० हजार ब्रोइलर कुखुरामध्ये २२ हजार मरेका जानकारी दिनुभयो । फार्मका तीनवटा कोठामा विद्युत् आपूर्तिमा समस्या भएपछि कुखुरा मरेका हुनसक्ने उहाँले बताउनुभयो ।

“वातानुकुलित (एसी) जडान गरिएको फार्ममा बिहीबार रातिदेखि विद्युत् आपूर्तिमा समस्या आएको रहेछ”, प्रनाउ पौडेलले भन्नुभयो, “अक्सिजनको कमी तथा गर्मीका कारण कुखुरा मरेको भन्ने सञ्चालकको भनाइ छ ।” टण्डनले पाल्नुभएको कुखुराको बीमासमेत नभएको उहाँले बताउनुभयो ।

“बीमा कम्पनीले सरकारबाट पाउनुपर्ने प्रिमियम नपाएपछि पक्षी बीमा रोकिएको रहेछ”, पौडेलले भन्नुभयो, “त्यसैले कुखुराको बीमा भएको देखिएन ।” फार्ममा रहेका अन्य धेरै कुखुरासमेत झोक्राइरहेको भन्दै ती कुखुरासमेत मर्नसक्ने सञ्चालकलाई उदृत गर्दै पौडेलले बताउनुभयो ।

मरेका कुखुराको सङ्ख्या यकिन गर्न फार्म सञ्चालक, स्थानीय जनप्रतिनिधि र प्रहरीहरु खटिएका छन् । गर्मीका कारण वा कुनै रोगको सङ्क्रमणले ती कुखुरा मरेका हुन् सोबारे अनुसन्धान भइरहेको प्रनाउ पौडेलले जानकारी दिनुभयो । रासस