२५ कार्तिक २०८२, मंगलवार
,
Latest
भरतपुर रंगशालाको छैटौं मूल्याङ्कनमा पनि कुनै अनियमितता फेला परेन विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित काँग्रेस केन्द्रिय समितिको बैठक जारी (तस्बिरसहित) मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रमुख सचेतक शाहीको चेतावनी: जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी नसेक्नुस्



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालाई चेतावनी दिनुभएको छ । रोल…

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गर्नुभयो । उहाँले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको बताउनु भयो ।

उहाँले जातीय छुवाछुतबिरुद्धको कानून राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गर्नुभयो । उहाँले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातियताको नाममा द्वन्द्व नभड्काउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो रोष्ट्रममा उभिएर काम कम कुरा ठूला गर्नु भएन । त्यसले हामी जस्ता नयाँ सांसदलाई पनि गलत भाष्य निर्माण हुन्छ । दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्नुभयो । हिरालाल विश्वकर्मा भन्ने सुन्नुभएको छ । यो देशको शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा । जातीय छुवाछुतबिरुद्धको कानून अहिले बनेको हो ? राजा महेन्द्रको पालमा २०२० तिर यो कानून बनाइएको हो । तपाईंहरुलाई खुला छ, राजनीति गर्नुस् । चुनाव हुन्छ, चुनावमा जानुस् । चुनाव जितेर आउनुस्, हामी जस्ता अभियन्ता र टेलिभिजनमा कार्यक्रम चलाउनुभएका रवि लामिछानेजी आज गृहमन्त्री हुनुहुन्छ । तर जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसदको रोष्टमबाट नहोस् । किनभने अत्ति भइसक्यो ।’

प्रमुख सचेतक शाहीले शर्त नमिलेर सरकार ढलेको भनेर सत्य बोल्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल

तस्बिर- रासस