२३ असार २०८३, मंगलवार
,
Latest
हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रमुख सचेतक शाहीको चेतावनी: जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी नसेक्नुस्



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालाई चेतावनी दिनुभएको छ । रोल…

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गर्नुभयो । उहाँले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको बताउनु भयो ।

उहाँले जातीय छुवाछुतबिरुद्धको कानून राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गर्नुभयो । उहाँले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातियताको नाममा द्वन्द्व नभड्काउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो रोष्ट्रममा उभिएर काम कम कुरा ठूला गर्नु भएन । त्यसले हामी जस्ता नयाँ सांसदलाई पनि गलत भाष्य निर्माण हुन्छ । दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्नुभयो । हिरालाल विश्वकर्मा भन्ने सुन्नुभएको छ । यो देशको शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा । जातीय छुवाछुतबिरुद्धको कानून अहिले बनेको हो ? राजा महेन्द्रको पालमा २०२० तिर यो कानून बनाइएको हो । तपाईंहरुलाई खुला छ, राजनीति गर्नुस् । चुनाव हुन्छ, चुनावमा जानुस् । चुनाव जितेर आउनुस्, हामी जस्ता अभियन्ता र टेलिभिजनमा कार्यक्रम चलाउनुभएका रवि लामिछानेजी आज गृहमन्त्री हुनुहुन्छ । तर जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसदको रोष्टमबाट नहोस् । किनभने अत्ति भइसक्यो ।’

प्रमुख सचेतक शाहीले शर्त नमिलेर सरकार ढलेको भनेर सत्य बोल्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल

तस्बिर- रासस