२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा आक्रोश: जब अनुसन्धानको सुइँ कसैको ढोकामा पुग्यो, अनि सरकार ढाल्न खोजियो



photo:rss
अ+ अ-

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खोल्न खोजेको २४ घण्टामा नै सरकार ढालिएको दाबी गर्नुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि छलफलमा भाग लिँदै लामिछानेले भ्रष्टचारका फाइल खोल्न खोजेको २४ घण्टामा नै सरकार ढालिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “संविधान जोगाउने नाममा कसलाई जोगाउन सहमति भयो ? न देशलाई थाहा छ, न जनतालाई, न सहमतिकर्ता दलका सांसदहरूलाई नै ।”

लामिछानेले केही नियुक्ति, बेचन झा र प्रतिक थापा पक्राउ परेकै कारण वर्तमान सरकार ढलेको दाबी गर्नुभयो ।उहाँले जनतालाई पनि यही कारणले सरकार ढलेको मात्रै थाहा पाएको दाबी गर्नुभयो । उहाले कांग्रेस र एमालेले व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमति भनिएकोमा आपत्ति जनाउनु भएको छ ।

उहाँले राष्ट्रिय सहमति राति गर्ने कुरा नभएको भन्दै राष्ट्रिय सहमतिको नामले राष्ट्रियता शब्दको पनि मानमर्दन भएको दाबी गर्नुभयो ।

तस्बिर : रासस