१४ भाद्र २०८३, आईतवार
,
Latest
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई सांसद भट्टराईको जवाफ– नर्क त जाँदैनौँ, स्वर्ग जाँदा सँगै लान्छौँ



photo:rss
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश कुमार भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वर्ग जाँदा सँगै जाने भन्दै ढुक्क भएर बस्न आग्रह गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ‘स्वर्ग गएपनि नर्क गएपनि संँगै जाने’ भनेको कुरालाई प्रचण्डले बुझ्न नसकेको जिकिर गरे ।

एमाले सचिवसमेत रहेका योगेशले भने, ‘तपाईं पनि यही हलभित्रै हो । हामी सबै हो । हाम्रो अध्यक्षले स्वर्ग गएपनि सँगै, नर्क गएपनि सँगै भनेको त्यो हो । तपाईंको पदका लागि भनेको होइन । सँगै जाऔँला नि भनेका हौँ । नर्क जाँदै जाँदैनौँ ।,’

‘स्वर्ग जाँदा पनि सँगै लान्छौँ । यति कुरा ढुक्क हुनुहोला । तपाईंलाई छुट्न दिँदैनौँ । तपाईंलाई छुटेर पनि अन्त जाने ठाउँ छैन । त्यो पनि ख्याल गर्नुहोला ।’ उनले अगाडि भने – ‘अर्को अर्थमा बुझ्नुभएछ । तपाईंले बुझ्नुभएछ त के गर्ने ? न नबुझ्ने तपाईंको दोष हो । यदी नबुझेको भए फेरि सोधेको भए हुन्थ्यो । बुझेजस्तो गर्नुभयो, खास बुझ्नुभएको रहेनछ ।,’