५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलेखानी–सिस्नेरी र दक्षिणकाली–काठमाडौँ खण्डमा यातायात सञ्चालन



अ+ अ-

मकवानपुर । मकवानपुरको कुलेखानी–सिस्नेरी खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–३ टेक्करमा आज बिहान करिब ३ बजे गएको पहिरो पन्छाई एकतर्फी रुपमा यातायात सञ्चलन भइरहेका छन् ।

कुलेखानी–काठमाडौँ–दक्षिणकाली खण्डस्थित इन्द्रसरोवर–३ मा पहिरो पन्छाएर अहिले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरले जनाएको छ ।

यसैगरी त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गलगायत भीमफेदी काठमाडौँतर्फ जोड्ने महालक्ष्मी खोलाबाट मातातीर्थ हुँदै काठमाडौँ, कुलेखानी फाखेल हुँदै काठमाडौँ, थानकोट–चित्लाङ हुँदै हेटौँडा र कान्तिलोकपथ हुँदै काठमाडौँ जाने विभिन्न खण्डमा गएको पहिरा पन्छाएर आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मीप्रसाद भण्डारीले राससलाई जानकारी दिनुभयो । रासस