१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बाढीपहिरोले धनजनको ठूलो क्षति भईरहँदा प्रतिपक्ष सत्ता फेर्ने खेलमा लाग्यो: प्रधानमन्त्री

बाढीपहिरोले धनजनको ठूलो क्षति भईरहँदा प्रतिपक्ष सत्ता फेर्ने खेलमा लाग्यो: प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोले ठूलो धनजनको क्षति भइरहेको बेलामा प्रतिपक्ष दल सत्ता फेर्ने खेलमा लागेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उहाँले आफू विपद् न्यूनीकरणको लागि पहल गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ यत्रो बाढीपहिरोले धनजनको ठूलो क्षति भइरहेको बेलामा हामी सरकार परिवर्तन प्रक्रियाभित्र प्रवेश गर्‍यौं । प्रतिपक्षका साथीहरूले साथीहरूले राजीनामाको कुरा उठाइराख्नुभयो । यस्तो बेलामा पनि सेना, प्रहरी, गृहप्रशासन सबैलाई राखेर क्षतिको रोकथाम गर्नेबारे पहल गरेको छु ।’

प्रधानमन्त्रीले आज बिहान पनि विश्वासको मत माग्ने कि नमाग्ने भन्नेबिच आफु दोधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक मनले त आज बिहान मैले विश्वासको मत माग्नु उचित हुन्छ होला कि हुन्न होला भनेर सोचेँ । तर मलाई लाग्छ, दुई ठूला दल सहमत भएर छिटोभन्दा छिटो सरकार बनाउन उद्यत भएको अवस्था छ । हिजो प्रमुख सचेतकमार्फत २ घन्टा सारौं भन्दा पनि नहुने देखेको र केही दिन सारौं भन्दा अर्को अर्थ लाग्ला भनेर सभामुखसँग आग्रह गरिनँ ।’