२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो



अ+ अ-

तनहुँ । पृथ्वीराजमार्ग अन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले राससलाई जानकारी दिनुभयो ।

“ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो”,उहाँले भन्नुभयो, “अहिले दुइतर्फी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।”

पहिराले अस्पतालमा क्षति, सेवा बन्द

तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही अस्पताल भवनमा पहिरो खस्दा सेवा प्रभावित भएको छ । पहिराले अस्पताल भवनको प्रयोगशाला र प्रसूति कक्षमा क्षति भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताउनुभयो ।

अस्पतालबाट अति आवश्यक आधारभूत सेवामात्र प्रवाह भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालबाट नियमित सञ्चालन भइरहेको प्रयोगशाला सेवा र प्रसूति सेवा भने पूर्ण रूपमा बन्द हुने अस्पतालले एक सूचना निकालेर जनाएको छ ।