१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नयाँ सरकार गठन संविधानको कुन धारा अनुसार, यस्तो छ सांसदहरुको तर्क

नयाँ सरकार गठन संविधानको कुन धारा अनुसार, यस्तो छ सांसदहरुको तर्क
photo: rss
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाए संविधानको कुन धारा अनुसार नयाँ सरकार गठन हुन्छ भन्नेमा राजनीतिक दलहरुले आ–आफ्नै दाबी प्रश्तुत गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले विश्वासको मत नपाएको अवस्थामा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री संविधानको कुन धारा अनुसार नियुक्त गर्नेछन् भन्नेमा सर्वत्र चासो र वहसहरु भइरहेका छन् ।

वर्तमान प्रधानमन्त्री संविधानको धारा ७६(२) बमोजिम नियुक्त हुनुभएको र उहाँले विश्वासको मत नपाएमा स्वतः धारा ७६(३) मा जाने माओवादी केन्द्रका नेताहरुले दाबी गरिरहेका छन् भने कांग्रेस–एमालेका नेताहरु भने धारा ७६(२) बमोजिम नै प्रधानमन्त्री नियुक्त हुने बताइरहेका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकारले विश्वासको मत नपाए संविधानको धारा ७६(३) को सरकार बन्छ भनेर भ्रम सिर्जना गरिएको बताउनु भयो । उहाँले नयाँ सरकार धारा ७६(२ं) अनुसार नै बन्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाएन भने ७६(३) को सरकार बन्छ भनेर एकप्रकारले भ्रम सिर्जना गर्न खोजिएको छ । यो बेठिक हो । प्रायोजित ढंगबाट बोलिएको विषयवस्तु हुन् । हामी यसमा सचेत छौँ । सर्वोच्चको नजिर र हाम्रो अभ्यासहरु छन् । संविधानको व्यवस्था पनि छन् । नयाँ सरकार धारा ७६(२ं) बमोजिम बन्छ ।’

त्यस्तै नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले दुई ठूला दलहरु मिलेर सरकार बनाउँदा कुन धारा अनुसार सरकार बनाउने भन्नेमा संविधान मौन रहेको बताउनु भयो । उहाँले ठूला पार्टीहरु मिलेर गरिएको सम्झौतालाई नै संवैधानिक रुपले लिनुपर्ने भन्दै सोही बमोजिम सरकार गठन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘ठूला पार्टीहरु मिलेर जाँदाखेरी कसरी जान्छ, हामीले संविधानमा ठूला पार्टीहरु एकैचोटी मिलेर आए के गर्ने भन्ने कुरामा मौन छ नि, त्यो मौन भएको कारणले यो कुरा उठाएको हो । तर यसले आफ्नो कोर्स लिन्छ । ठूला पार्टीहरु मिलेर सम्झौता गर्छन् भने त्यसैलाई नै संवैधानिक रुपले लिनुपर्छ ।’

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएमा संविधानको धारा ७६(३) बमोजिमको सरकार गठन हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संवैधानिक अधिकारलाई फेस गर्छौ भनेको हो । प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गर्छौ भनेको हो । त्यो संसदप्रतिको जिम्मेवारी हो । भोलिको संसद बैठकमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमहरुको बारेमा पनि प्रष्ट पार्नुहुन्छ, संसदमा फेस गर्नुको कारण के हो भन्ने पनि ठिक ढंगले सम्बोधन गरेर स्पष्ट पार्नुहुन्छ । प्रधानमन्त्रीले राजीनामा दिने कुरा मनोगत हो । मतदान प्रक्रियामा जान्छौँ । संविधानमा स्पष्ट छ, प्रधानमन्त्रीले राजीनामा दिनुभयो भने ७६(२) बमोजिम बन्छ । प्रधानमन्त्रीले राजीनामा नदिएर संसदमा र प्रक्रियामा गइसकेपछाडी संविधानले स्पष्ट रुपमा ७६(३) अनुसार जान्छ । भोलिदेखि प्रक्रिया त्यता जान्छ ।’

सांसद सापकोटाले प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले मतदान प्रक्रियाबाट नै विश्वासको मत लिने उहाँको भनाई छ ।