२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटा निकुञ्जले दुलर्भ सुनौलो तोपको गणना गर्दै



अ+ अ-

कञ्चनपुर । विश्वमा दुलर्भ मानिएको सुनौलो तोप चराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो ।

अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ सिम्रन ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) र निकुञ्ज कार्यालयका प्रतिनिधि संलग्न रहेका निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिनुभयो । दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चराको आहारविहार, सङ्ख्या, बासस्थानलगायतको अध्ययन गरिने उहाँले बताउनुभयो ।

“सुनौलो तोप चराको गुँडको अवस्था, सिकारी चराले पुर्याउने हानी, भाले र पोथीको सङ्ख्या, कस्तो प्रकारको कुन प्रजातिको रुखमा गँुड लगाउनेबारे अनुगमनका क्रममा अध्ययन गर्नेछौँ”, ऐरले भन्नुभयो, “योसँगै चरालाई कसरी संरक्षण गर्न सकिन्छ भनेर अनुगमनका क्रममा देखिएका समस्या र अवस्थाका बारेमा सरोकार भएकाबीच छलफल गरी संरक्षण र व्यवस्थापनको योजना बनाउने छौँ ।”

नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सुनौलो तोप चरा पाइने सूचना अधिकारी ऐरले जानकारी दिनुभयो । निकुञ्जको घाँसे मैदानको बीच भागमा यस चराले गँुड लगाउने गर्दछ । झट्ट हेर्दा भगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको उहाँले बताउनुभयो ।

“रुखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गँुड लगाउने गर्दछ । गँुड बनाएर यसले बच्च जन्माउने गर्दछ”, ऐरले भन्नुभयो, “तोप चरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो । “त्यसयता निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ । यसको सङ्ख्या वृद्धि गराउन निकुञ्जले प्रजनन क्षेत्रको विस्तार गर्ने काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

गत वर्ष गरिएको अनुगमनबाट निकुञ्जमा सुनौलो तोप दुई सय ११ को सङ्ख्यामा देखापरेको बताउँदै सूचना अधिकारी ऐरले अघिल्लो वर्ष दुई सय ४४ को सङ्ख्यामा देखापरेका जानकारी दिनुभयो । “किसानको साथीका रूपमा रहेको उक्त चराले कीराफट्याङ्ग्रा खान मन पराउँछ”, उहाँले भन्नुभयो, “सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ ।”

निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रुखमा गुँड लगाउने यसको विशेषता रहेको ऐरले बताउनुभयो । उहाँका अनुसार मनसुनको समय सुनौलो तोप चराले अन्य समयमा भन्दा बढी प्रजनन गर्ने गर्दछ ।

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोप चरासँगै चार सय २३ प्रजातिका चरा रहेका निकुञ्ज कार्यालयले जनाएको छ । तीमध्ये १९ किसिमका दुलर्भ प्रजातिमा पर्दछन् । रासस