२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको मस्को भ्रमण: रुस–भारतबीचको सहकार्यलाई अझ गहिरो बनाउने तयारी



अ+ अ-

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मस्को भ्रमण गरेपछि रुस र भारतले विभिन्न क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । वर्तमान जटिल र अनिश्चित भूराजनीतिक परिस्थितिमा रूस–भारत सम्बन्ध स्थिर रहने बताइएको छ ।

दुवै देशका नेताहरूले उनीहरूको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको निरन्तर सुदृढीकरण र विस्तारलाई उल्लेख गरेका छन् । युरेशियन इकोनोमिक युनियन र भारतबीच स्वतन्त्र व्यापार सम्झौताको सम्भावनासहित व्यापार उदारीकरणमा देशहरूले आफ्नो वार्ता जारी राख्ने बताइएको छ । दुई राष्ट्रहरू द्विपक्षीय व्यापारको वृद्धिलाई गति दिन सहमत भएका छन् । व्यापार कारोबार सय अर्ब अमेरिकीमा पुर्‍याउने लक्ष्य राखिएको छ । नेताहरूले सन् २०३० सम्ममा देशहरूबीच आर्थिक सहयोगका रणनीतिक क्षेत्रहरूको विकासका लागि कार्यक्रम तयार गर्न पनि सहमति जनाएका छन् ।

देशहरूले सुरक्षाको सम्बन्धमा पनि वार्ता गरेका छन् । क्षेत्रीय सुरक्षा संरचनालाई सुदृढ गर्न सहमत भएका छन् । युक्रेन संकटका सम्बन्धमा रुस र भारतले कुटनीति र द्वन्द्वका दुवै पक्षको संलग्नताबाट शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । पुटिन र मोदीले गाजामा मानवीय सहायताको प्रभावकारी वितरणको लागि वकालत गर्दै युद्धविराम र गाजा पट्टीमा बन्धकहरूलाई तुरुन्तै रिहा गर्न संयुक्त राष्ट्रको प्रश्तावको कार्यान्वयन गर्न पनि आह्वान गरेका छन् ।

उर्जाका लागि रुस र भारतले कोइला क्षेत्रमा नयाँ दीर्घकालीन सम्झौता र थप सहयोगलाई विचार गर्न सहमत भएका छन् । भ्रमणका क्रममा मोदीलाई अर्डर अफ सेन्टबाट सम्मानित गरिएको थियो । रुसी नेताले रुसी शहर काजानमा शरद ऋतुमा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा पनि मोदीलाई निम्तो दिएका थिए । मोदीले जुलाई ८ देखि ९ सम्म रुसको आधिकारिक राजकीय भ्रमण गरेका थिए । पछिल्लो पाँच वर्षमा मोदीको यो पहिलो रुस भ्रमण थियो ।




भर्खरै