१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.06

Humidity: 31

Latest
निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने महासंघका अध्यक्ष ढकालको धारणा ‘विद्यालय नगएका बालबालिको हितमा आवाज उठाऔँ’ पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग १० घण्टापछि सञ्चालन शिक्षकका आन्दोलनलाई सम्बोधन गर्न सरकारले ढिलाइ गर्न नहुने तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने श्रममन्त्री भण्डारीद्वारा युएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको मस्को भ्रमण: रुस–भारतबीचको सहकार्यलाई अझ गहिरो बनाउने तयारी



अ+ अ-

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मस्को भ्रमण गरेपछि रुस र भारतले विभिन्न क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । वर्तमान जटिल र अनिश्चित भूराजनीतिक परिस्थितिमा रूस–भारत सम्बन्ध स्थिर रहने बताइएको छ ।

दुवै देशका नेताहरूले उनीहरूको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको निरन्तर सुदृढीकरण र विस्तारलाई उल्लेख गरेका छन् । युरेशियन इकोनोमिक युनियन र भारतबीच स्वतन्त्र व्यापार सम्झौताको सम्भावनासहित व्यापार उदारीकरणमा देशहरूले आफ्नो वार्ता जारी राख्ने बताइएको छ । दुई राष्ट्रहरू द्विपक्षीय व्यापारको वृद्धिलाई गति दिन सहमत भएका छन् । व्यापार कारोबार सय अर्ब अमेरिकीमा पुर्‍याउने लक्ष्य राखिएको छ । नेताहरूले सन् २०३० सम्ममा देशहरूबीच आर्थिक सहयोगका रणनीतिक क्षेत्रहरूको विकासका लागि कार्यक्रम तयार गर्न पनि सहमति जनाएका छन् ।

देशहरूले सुरक्षाको सम्बन्धमा पनि वार्ता गरेका छन् । क्षेत्रीय सुरक्षा संरचनालाई सुदृढ गर्न सहमत भएका छन् । युक्रेन संकटका सम्बन्धमा रुस र भारतले कुटनीति र द्वन्द्वका दुवै पक्षको संलग्नताबाट शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । पुटिन र मोदीले गाजामा मानवीय सहायताको प्रभावकारी वितरणको लागि वकालत गर्दै युद्धविराम र गाजा पट्टीमा बन्धकहरूलाई तुरुन्तै रिहा गर्न संयुक्त राष्ट्रको प्रश्तावको कार्यान्वयन गर्न पनि आह्वान गरेका छन् ।

उर्जाका लागि रुस र भारतले कोइला क्षेत्रमा नयाँ दीर्घकालीन सम्झौता र थप सहयोगलाई विचार गर्न सहमत भएका छन् । भ्रमणका क्रममा मोदीलाई अर्डर अफ सेन्टबाट सम्मानित गरिएको थियो । रुसी नेताले रुसी शहर काजानमा शरद ऋतुमा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा पनि मोदीलाई निम्तो दिएका थिए । मोदीले जुलाई ८ देखि ९ सम्म रुसको आधिकारिक राजकीय भ्रमण गरेका थिए । पछिल्लो पाँच वर्षमा मोदीको यो पहिलो रुस भ्रमण थियो ।