२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दर्भ: जनसंख्या दिवस– जनसंख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुको सुझाव



अ+ अ-

काठमाडौँ । नयाँ बन्ने जनसंख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् ।

बिहीवार जनसंख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले २०७८ सालको जनगणनाअनुसार सरकारले नयाँ जनसंख्या नीति बनाइरहेको भन्दै नीतिको कार्यान्वयमा जोड दिन आग्रह गरेका हुन् । उनीहरुले विगतमा बनेका जनसंख्या नीतिहरु पनि कार्यान्वयन नहुँदा प्रभावकारी बन्न नसकेको उदाहरण दिँदै सरकारले नीति कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव ऋतु पन्तले जनसंख्या अहिले लाभांशको रुपमा लिइरहेको उल्लेख गर्दै जनसंख्याको लाभांश लिन नसकेको बताउनु भयो । उहाँले जनसंख्याको लाभांश अहिले नै प्रयोग गर्न नसक्ने अवस्थामा रहेको बताउनु भयो ।

उहाँले युवाहरु विदेश पलायन भइरहेको र भएका युवाहरु पनि देशका लागि प्रयोग भइरहेको छ की छैन भन्नेबारेमा अध्ययन हुन आवश्यक रहेको बताउनु भयो । उहाँले उहाँले युवाहरु विदेशमा गएर योगदान गरिरहेको तर नेपालमा युवाहरुले रेमिट्यान्सको मात्रै योगदान दिइरहेको बताउनु भयो । उहाँले तत्कालको फाइदाका लागि रेसमट्यान्सबाट देश चलाउने सोच रहेपनि भविष्यलाई फाइदाजनक नरहेको बताउनु भयो । उहाँले वाह्य र आन्तरिक बसाईंसराईको समस्या विकराल बन्दै गएको बताउनु भयो । मन्त्रालयले जनसंख्या नीति बनाइरहेको भन्दै जनसंख्या नीति एउटा वर्ग र मन्त्रालयको मात्रै नहुने बताउनु भयो । उहाँले देशको श्रोत नै जनसंख्या भएको उल्लेख गर्दै विकासका काम जनसंख्यामा निर्भर रहेर हुनुपर्ने बताउनु भयो । उहाँले बनाइएका जनसंख्या नीतिहरुको कार्यान्वनयमा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रा.डा. योगेन्द्रबहादुर गुरुङले जनसंख्या आफैँ श्रोत, साधन र साध्य भएको बताउनु भयो । उहाँले मानवीय श्रोतको सदुपयोग गरी मानवले मानव हितको लागि विकास गर्न आवश्यक रहेको बताउनु भयो । राजनीतिक, सामाजिक नीति तथा योजना बनाउँदा जनसंख्याकै आवश्यक हुने बताउनु भयो । उहाँले धेरै नीति योजनाहरु भनेजस्तो सफल नहुने कारण जनसंख्याकै सही मूल्यांकन नहुनु रहेको बताउनु भयो । जनसंख्कार्यक्रममा बोल्दै एजिङ नेपालका निर्देशक प्रकाश गौतमले जनसंख्याका हिसावमा नेपालले ज्येष्ठ नागरिकका विषयमा चिन्ता गर्नुपर्ने कारण नरहेको बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकको जनसंख्या नेपालमा १ लाख २५ हजार मात्रै रहेको बताउनु भयो । औषत आयु बढ्दै जाँदा रिटायरमेण्ट र औषत आयु हेर्दा २० वर्ष आयु बढाएको र २० वर्ष आयुलाई कसरी इंगेज गर्ने भन्नेकुरा महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा बोल्द नेपाल जनसंख्या संघका अध्यक्ष डा.पदमप्रसाद खतिवडाले जनसंख्या व्यवस्थापनको योजना बनाउँदा बनाउँदै आफैँ नियन्त्रण हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनसंख्याको अवस्थालाई अध्ययन गरेर मात्रै नीति निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले वाह्य बसाईंसराईको अवस्था विकराल हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । जनसंख्याको वितरणमा असमानता रहेको बताए । उनीहरुले नेपालको जनसांख्यिक लाभांश पूर्ण उपयोग हुन नसकेको, अव्यवस्थित शहरीकरणको मारमा नागरिकहरु परेको बताए ।