२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाको विद्यालयमा इजरायली हवाई आक्रमण: २५ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिणी गाजापट्टीको खान युनिस शहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका प्यालेस्टिनी स्रोतले बताएको छ ।

इजरायली विमानले मिसाइल प्रयोग गरेर खान युनिसको पूर्वमा रहेको अबसान अल–कबिरा शहरमा सयौं विस्थापित मानिसहरू बस्ने अल–अव्दा स्कुलको गेटलाई निशाना बनाइ आक्रमण गरेका थिए । चिकित्सा स्रोतहरूले इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तिमा २५ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको बताए ।

उक्त क्षेत्रमा भीडभाड भएका कारण पीडितको संख्या बढ्नसक्ने बताएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हतियार प्रयोग गरेर इजरायली वायुसेनाले हमासको सैन्य शाखाका एक आतंककारीलाई आक्रमण गरेको बताएको छ ।




भर्खरै