• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

राप्रपाले आज प्रधानमन्त्री दाहालको विश्वासको मतका बारे निर्णय गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।

दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने राप्रपाले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि लिन लागेको विश्वासको मतबारे पनि बैठकमा छलफल हुने छ । मत दिने वा नदिनेबारे निर्णय गर्नेछ ।

साथै, संसदमा आगामी दिनमा कसरी प्रस्तुत् हुने भन्नेबारेमा रणनीति बनाउने राप्रपाको तयारी छ ।