१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

समाजवादी मोर्चाका घटकसँग मोर्चाको पुन:गठनबारे प्रधानमन्त्रीको छलफल

समाजवादी मोर्चाका घटकसँग मोर्चाको पुन:गठनबारे प्रधानमन्त्रीको छलफल
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चाको पुन:गठनका बारेमा समाजवादी घटक दलहरुसँग छलफल गर्नुभएको छ ।

बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुभएको हो । बैठकपछि जानकारी गराउँदै प्रधानमन्त्री दाहालका स्वकीय सचिव एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रमेश मल्लले समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल केन्द्रित भएको बताउनु भयो ।

उहाँले समाजवादी मोर्चामा पहिला ४ वटा पार्टी भएपनि जनता समाजवादी पार्टी, नेपाल छुट्टिएपछि बैठक बस्न नसकेको र अहिले घटकका तीन दल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समँजवादी पार्टी मिसिएको बताउनु भयो । उहाँले बैठकमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्नुभएको र नेताहरुले पनि आफ्ना धारणा राख्ने काम भएको स्वकीय सचिव मल्लले बताउनु भयो । उहाँले नेताहरुले आफ्नो ठाउँबाट अर्को बैठकसम्म समाजवादी मोर्चामा रहने राजनीतिक दलहरुको टुंगो लगाउने र छिटै बैठक बस्ने जानकारी दिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल भयो । समाजवादी मोर्चाको बीचमा छलफल हुन सकेको थिएन । समाजवादी मोर्चामा पहिला ४ वटा पार्टी थियो । यो बीचमा जसमा विभाजन भयो । विभाजनपछि बैठक बसेको थिएन । त्यसले गर्दा समाजवादी मोर्चाको पुन:गठनको प्रारम्भिक छलफल भयो । त्यसमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव पनि सहभागी हुनुभयो । पहिला भएका घटकसँग पनि छलफल भइरहेको छ । समाजवादी मोर्चाको पुन:गठनको प्रारम्भिक छलफल हो । सम्माननीय प्रधानमन्त्रीज्युले पछिल्लो राजनीतिक परिस्थितिको बारेमा ब्रिफिङ गर्नुभयो । अहिलेको परिस्थितिको बारेमा पहिला ब्रिफिङ गर्नुभयो, त्यसपछि अरु दलका नेताले पनि धारणा राख्नुभयो । नेताहरुले आफ्नो ठाउँमा एक्सरसाइज गरेर अर्को मिटिङसम्म घटक सदस्यहरु पनि टुंग्याएर फेरि बस्नेछौँ ।’

बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी हुनुहुन्थ्यो । —न्युज एजेन्सी नेपाल

तस्बिर प्रदीपराज वन्त / रासस