• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

प्रधानमन्त्री प्रचण्ड भेट्न माधव नेपाल र झलनाथ खनाल बालुवाटारमा



फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालबिच छलफल भएको छ ।

बालुवाटार जारी प्रधानमन्त्री र नेकपा एसका दुई शीर्ष नेताहरुबीचको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भईरहको बताईएको छ ।

बालुवाटार छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव पनि मिसिएका छन् ।

कांग्रेस र एमालेबिच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्रीले शुक्रवार सदनमा विश्वासको मत लिँदैछन्।