• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

रास्वपा रविको क्लब भयो, महामन्त्री र प्रवक्ताबाट हटेको छैनः मुकुल ढकाल



काठमाडौं । रास्वपाका पूर्व महामन्त्री डा मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट रास्वपालाई मुक्त गर्ने अभियान सुरु गर्ने बताउनु भएको छ ।

आज एक पत्रकार सम्मेलन गर्दै ढकालले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट पदमुक्त नभएको दाबी गर्दे तथाकथित अनुशासन आयोगको अस्त्र प्रयोग गरेर निषेधको राजनीति गरेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘सभापति रवि लामिछानेको रवैयाकै कारण रास्वपाको यो हालत आईपुगेको छ ।’

उहाँले भन्नुभयो “देशमा बाढीपहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन,महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।”

रास्वपा हाल रवि लामिछाने क्लबमा परिणत भएको आरोप लगाउनु भयो ।  रविप्रति आक्रामक रुपमा प्रस्तुत हुनु भएका ढकालले नागरिकता, पासपोर्ट र सरकारी प्रकरणका बारेमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्नुभयो । उहाँले पार्टीभित्र आर्थिक अनियमिता हुने गरेको जनाउदै पार्टी अपरादर्शी हिसाबले चलेको बताउनु भयो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ढकालले रवि लामिछाने आम जनताले सोचे र चिनेजस्तो नभएको आरोप लगाउनुभयाे  । उहाँले आफूले चिनेको रवि लामिछाने एक्सन म्यान भएको भन्दै पहिलाको जस्तो नरहेको बताउनुभयाे। “हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन,” ढकालले भन्नुभयाे ।