१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्नुपर्छः सांसद खान

सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्नुपर्छः सांसद खान
अ अ+ अ-

काठमाडौँ । जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उहाँले बताउनुभएको हो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद खानले स्वास्थ्य क्षेत्रमा आवश्यक दरबन्दीको तत्काल व्यवस्था गर्न र स्वास्थ्य सामग्री खरिद र वितरण प्रणाली पारदर्शी बनाउन पनि सरकारलाई दबाब दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो मुलुकम कम्तिमा पनि ६३ हजार २६० जना स्वास्थ्य क्षेत्रमा कर्मचारी आवश्यक छ । तर ३० हजार मात्रै दरबन्दी छ । २०४८ सालदेखि अहिलेसम्म दरबन्दी खोलिएको छैन । स्वास्थ्य मन्त्रालयलाई यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । उपकरण खरिद तथा वितरण प्रणालीलाई पारदर्शी बनाउन, थन्किएर बसेका उपकरणहरुलाई चाहिएको ठाउँमा पु¥याउन आवश्यक रहेको छ । सभामुखज्यु, प्रत्येक नागरिकलाई रोजगारीको हक छ भन्नेकुरा संविधानको धारा ३३ ले ग्यारेन्टी गरेको छ । दैनिक २ हजार नेपालीले राजगारीका लागि देश छाडने गरेका छन् । तसर्थ संविधानले मौलिक हकको रुपमा ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्यालाई समाधान गर्न सम्माननीय सभामुखज्यूमार्फत नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु ।’

सांसद खानले २०४८ सालदेखि स्वास्थ्य दरबन्दी नखुलाइएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गर्नुभयो ।