१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विपद्बाट भएको क्षति विवरण संसदलाई जानकारी गराउन प्रमुख सचेतक लेखकको माग

विपद्बाट भएको क्षति विवरण संसदलाई जानकारी गराउन प्रमुख सचेतक लेखकको माग
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाको कारण भएको क्षतिको विवरण संसदमा जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले सरकारले संसदमा आएर देशभरमा अविरल वर्षाका कारण भएको क्षतिको विवरण प्रश्तुत गर्न माग गर्नुभएको हो । उहाँले वर्षाले देशभर धेरै क्षति पु¥याइसकेको भएपनि हालसम्म सरकारले संसदलाई जानकारी नगराउनु दुःखको विषय भएको बताउनु भयो । उहाँले संसद बैठकमा प्रधानमन्त्री तथा मन्त्रीहरु उत्तरदायी नभएका भन्दै सरकारमा रहुन्जेल संसद बैठकमा उपस्थित हुनुपर्ने बताउनु भयो । उहाँले विपद्प्रति सरकारको ध्यान आकृष्ट गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘तथ्यांकहरु पत्रिकामा पढेर मैले यहाँ जानकारी गराउनु परेको छ । कमसेकम सरकारले सदनमा आएर देशभरीमा अविरल वर्षाका कारणले, बाढी, पहिरो, डुबानका कारणले कति हताहत भयो ? कति मानिसको ज्यान गयो ? कति घाइते भए ? कति बिस्थापित छन् ? घाइतेहरुको उपचारको स्थिति के छ ? विस्थापितहरुलाई पुर्नस्थापित कसरी गर्ने भन्ने बारेमा सम्म सरकारले जानकारी गराएको छैन । यो दुःखको विषय हो । प्रधामन्त्री, मन्त्रीज्यूहरुको उपस्थिति संसदमा भइराखेको छैन । सरकारले विश्वासको मत लिन संविधान अनुसार पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको छ त्यसमा केही दुविधा छैन । सरकारले पूरै तीस दिन लेओस् । त्यसमा आपत्ति छैन । तर सरकार हुँदासम्म त सदनका प्रति उत्तरदायी भइदिनुप¥यो । आइदिनुप¥यो । स्थिति के छ भनिदिनु प¥यो । सरकारले अहिले अविरल वर्षाका कारणले बाढी, पहिरो र डुबानले जुन समस्या उत्पन्न भएको छ । यसका बारेमा सदनमा जानकारी गराइदेओस् । यसतर्फ सरकारको विशेष ढंगले ध्यान आकृष्ट होस् र सरकारले द्रुत गतिमा काम गरोस् ।’

नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले कञ्चनपुर जिल्लामा बाढी पहिरोले धेरै क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विपद् व्यवस्थापनका लागि संघीय सरकारले ध्यान दिनु जरुरी रहेको बताउनु भयो । उहाँले स्थानीय तह र विभिन्न संघ, संस्थाहरुले मात्रै विपद् प्रतिकार्य गर्न नसक्ने बताउनु भयो ।

त्यसैगरी आकस्मिक समयमा बोल्दै नेकपा(माओवादी केन्द्र)की सचेतक रुपा सोसी चौधरीले विपद्मा प्रभावित परिवारलाई पुनःस्थापना गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा डुबान नहुने गरी संरचना बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पनि कञ्चनपुर र कैलाली जिल्लामा ठूला नदीका कारण वर्षेनी डुबान भइरहेको भन्दै दीर्घकालिन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।