११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

​​​​​​​राज्यमन्त्री रामवीर मानन्धरको वल्र्ड बुक रेकर्ड



अ+ अ-

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्नुहुने भएको छ । 

शुक्रबार दिउँसो १ बजे बालाजु स्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लाग्नु भएको हो । राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्न लाग्नु भएको हो । दिउँसो एक बजेदेखि शुरु हुने कन्सर्ट नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने राज्यमन्त्री मानन्धरले बताउनुभएको छ । उहाँले यो विधामा विश्वमै पहिलोपटक गीत गाउन लाग्नुभएको हो । उहाँले करिब ४ घण्टासम्म गीत गाउनु हुनेछ ।

लाइभ कन्सर्टमा पुराना कलाकारहरुका नेवारी गीत गाउने राज्यमन्त्री मानन्धरले बताउनुभयो । विश्व रेकर्ड कायम गराउनका लागि वल्र्ड बुक अफ रेकर्ड युकेको टोली नेपाल आइसकेको छ । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वल्र्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिनेछ ।