५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द



file photo
अ+ अ-

गलकोट । लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ ।

करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताउनुभयो । करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ । रासस